कलाकार मनिषा महर्जनले बनाएको काल भैरवको तस्विर यसकारण छ भाइरल

रोचक

काठमाडौं । सामाजिक सञ्जालमा एक युवती आफ्नो कलाका कारण चर्चामा रहेकी छिन् । कलाकार मनिषा महर्जनले बनाएको काल भैरवको तस्विर अहिले निकै नै भाइरल भइरहेका छन् ।

मनिषा आफैंले सामाजिक सञ्जाल फेसबुक र इन्टाग्राममा आफुले बनाएका तस्विरहरु साझा गरेकी छिन् । कालभैरव काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरवस्थान हो । यसलाई काठमाडौँ भैरवस्थान भनेर पनि चिनिन्छ ।

यस काल भैरव को मुर्ति मल्लकालिन काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन गर्दा भेटेर काठमाडौको वसन्तपुरमा ल्याइ स्थापना गरेको विश्वास रहेको छ । मल्लकालको उत्तरार्ध सम्म यो तत्कालीन

नेपाल न्यायालयको रूपमा प्रयोग गरिन्थ्यो । त्यस बेलामा यस मुर्तिको अघि आएर अपराधी लाई अपराध कबुलन लगाइन्थ्यो । यदि संदिग्धले झूटो जवाफ दिएमा निज यसै मुर्तिको अघि ‘रगत छादेर मृत्यु हुन्छ’ भन्ने जनविश्वास थियो । नेवार समुदायले यसलाई आफ्नो पहिचानका रुपमा पनि लिने गरेका छन् ।

सामाजिक सञ्जालमा राखिएको जानकारी अनुसार मनिषा महर्जन ललितपुरमा बस्दै आएकी छिन् । लामो समयदेखि यस क्षेत्रमा आबद्ध उनी सिभिल मलमा कार्यरत छिन् । उनले आफुले बनाएका धेरै तस्विरहरु साझा गर्दै आएकी छिन् । जनबोली

Leave a Reply

Your email address will not be published. Required fields are marked *