भ्यालेन्टाइन डेमा आफ्नो मृगौला उपहार दिँएर श्रीमतीको जीवन बचाउँदै यी महान श्रीमान !

स्वास्थ्य

काठमाडौं। भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा जोडीहरु आफ्ना श्रीमान, श्रीमती, प्रेमी वा प्रेमिकालाई विभिन्न उपहारहरु दिन्छन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

तर, एक जना श्रीमानले आज श्रीमतीलाई आफ्नो मृगौला उपहार दिएर श्रीमतीको जीवन बचाउँदैछन् । समाचार एजेन्सी एएनआइका अनुसार भारतको गुजरात राज्यको अहमदाबादका विनोद पटेलले प्रणय दिवस अर्थात फेब्रुअरी १४ का दिन श्रीमती रितालाई आफ्नो मृगौला दान दिँदैछन् ।

रोचक त के भने उनीहरुको बिहेको एनिभर्सरी पनि आज नै हो । आज उनीहरु विवाहको २३ औं एनिभर्सरी मनाउँदैछन् । रिता पटेल अटोइम्युन किड्नी डिस्फंक्सन नामको समस्यासँग जुधिरहेकी छिन् र विगत ३ वर्षदेखि उनको उपचार भइरहेको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उपचारपछि पनि रिताको मृगौलाको समस्या ठिक हुन सकेको छैन । उपचारबाट ठिक नभएपछि विनोदले श्रमितीलाई आफ्नो मृगौला दिने निर्णय गरे । जाँचमा विनोदको मृगौला रिताको लागि मिल्ने प्रस्ट भयो ।

जाँचमा सबै ठिक पाइएपछि विनोदले प्रेमको प्रतीकस्वरुप श्रीमतीलाई १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेका दिन मृगौला दिने निर्णय गरेका थिए ।

आज विनोदको मृगौला निकालेर रिताको शरीरमा प्रत्यारोपण गरिँदैछ । रिताको उमेर ४४ वर्ष छ र गत महिना उनको डायलासिस पनि गरिएको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

Leave a Reply

Your email address will not be published. Required fields are marked *