रोजगारीका लागि कोरिया जाँदा सुँगुरको मासु लगे १ करोड जरिमाना हुने

समाचार

रोजगारीका लागि कोरिया जाँदा सुँगुरको मासु लगे १ करोड जरिमाना हुने

काठमाडौं। नेपालीहरुको आकर्षक वैदेशिक रोजगारी गन्तव्य मुलुक दक्षिण कोरियामा अफ्रिकन स्वाइनफ्लु फैलिएपछि रोजागरीमा जानेहरुमाथि कडाई गरिएको छ। ईपीएसमार्फत कोरिया रोजगारीमा जाने नेपालीहरुमाथि पनि कडाई गरिएको छ।

त्रिभुवन विमानस्थल प्रहरीका अनुसार कोरिया जाने कामदारले सुँगुरको मासु लगेमा एक करोड कोरियन वनसम्म जरिमाना तिनुपर्ने भन्दै सचेत गराएको छ। विमानस्थल प्रहरीले शनिबार एक सूचना जारी गर्दै कोरियामा सुँगुरको मासु प्रतिबन्धित भएकाले सोअनुसार मासु नलैजान भनेको हो। साथै क्वारेन्टिनको पनि पालना गर्न प्रहरीले सचेत गराएको छ।

यीनै हुन शिक्षकको कु’टाइबाट मृ’त्यु भएका १० वर्षीय बालक

काठमाडौ । झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि अनुसन्धान थालिएको छ । शिक्षकको कारण बालकको निधन भएको भन्दै छानविन थालिएको हो । कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए।

राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ१८ गते राजवंशीलाई कु ट-पि ट गरेका थिए। तर, घरमा कान झनै सुन्निन थालेपछि आफन्तले बा रु लाले टो केको होला भनेर बालकका साथीसँग सोधपुछ गरेका थिए। त्यसपछि राजवंशीका साथीले उनलाई शिक्षकले कान मो शिक्षकको कु टा इबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो। मेडिकलमा सामान्य उपचारपछि उनलाई घर पठाइएको थियो। घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कु टे को कुरा अभिभावकसँग बताएनन्।

लेर यस्तो भएको बताएका थिए। बालकको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि थप उपचारका लागि तत्काल बिर्ता सिटी हस्पिटल लगिएको थियो। तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि बी एन्ड सी पुर्‍याइएको जानकारी विद्यालयका एक शिक्षकले जानकारी दिए। त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो। तर, अस्पताल पुर्‍याएर उपचार सुरु गरेलगत्तै विद्यार्थीको मृत्यु भयो । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *