रामकुमारीलाई बिना शर्त रिहाइ नगरे आन्दोलनको आँधी-बेहरी ल्याउने चेतावनी

समाचार

काठमाडौं : राष्टिय युवा संघको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु निरङ्कुश कामचलाउ सरकारको हतास मानसिकताको उपज भएको बताएका छन्।

एक विज्ञप्ति जारी गर्दै नेतृ झाँक्रीलाई विना शर्त तत्काल रिहाइ नगरे युवा संघ नेपालले देशव्यापी रूपमा विरोधको आँधी-बेहरी सिर्जना गर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिगमनकारी निरङ्कुश सरकारले विभिन्न प्रकारको आन्दोलन र हजारौं सहिदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्ष एवं नेपालको संविधान  २०७२ को विरुद्ध प्रतिगामी कदम चालिरहँदा त्यसको रक्षा एवं संरक्षणका नेकपा लागिरहेको उल्लेख समेत गरेका छन्।

‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित विरोधका विभिन्न कार्यक्रमहरुमा व्यक्त विचारहरूलाई आधार मानी पार्टी केन्द्रीय कमिटी सदस्य, युवा नेतृ कमरेड रामकुमारी झाँक्रीलाई षड्यन्त्रपूर्ण गैरसबैधानिक तवरले पक्राउ गरेको कदमप्रति हाम्रो गौरवशाली संगठन घोर निन्दा, विरोध र भ्रत्सना गर्दछ’ विज्ञप्तीमा भनिएको छ।

नेतृ झाँक्रीको गिरफ्तारी निरङ्कुश कामचलाउ सरकारको हतास मानसिकताको उपज भएको ठहर गरेको छ। विना सर्त तत्काल रिहाइ नगरे राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा विरोधको औधीबेहरी सिर्जना गर्ने समेत चेतावनीसमेत दिएको छ।

उक्त आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार प्रतिगामी, निरङ्कुशता वादी कामचलाउ ओली सरकार रहने जिकिर गरेका छन्। ७७ वटै जिल्ला संगठन कमिटीहरूले यसै विज्ञप्तीलाई आधार मानी आन्दोलनको आँधिवेहरी सिर्जना गर्न केन्द्रीय कार्यालय निर्देशन समेत दिएको छ। थाहाखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *