गगन थापाको आक्राेश : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

समाचार

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नेता थापाले सामाजिक सञ्जाल ट्विटरमा सरकारलाई प्रश्न गर्नुभएको छ, कर्तव्य निर्वाह छाडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

उहाँले सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने भन्दै झ्यालखानाको सङ्ख्या थप्न भन्नुभएको छ ।केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो । ujyaaloonline

रामकुमारीलाई हुनसक्छ ७ वर्ष कैद र ७० हजार जरिवाना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीविरुद्ध प्रहरीले मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्दैछ ।

झाँक्रीलाई दिइएको पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको उल्लेख छ । धारा ५७ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ ।

‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दवाव दिन नहुने’ उल्लेख छ ।

सो दफा अनुसार कसुर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *