६ सन्तान नै सेनामा हुने दुर्गामायालाई प्रधानसेनापतिले गरे सम्मान

समाचार

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा सैनिक कल्याणकारी बोर्डको समन्वय र संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा पश्चिम पृतना मुख्यालय विजयपुर पोखरामा बुधबार आयोजित भूतपुर्व सैनिक सम्मेलनमा आफ्ना ६ सन्ततीलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने तनहुँका दुर्गामाया थापालाई सम्मान गर्दै ।

यसैगरी पाँच सन्ततीलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने लमजुङका पार्वती शाखी र गोरखाका जनककुमार पुडासैनीलाई पनि सम्मान गरिएको छ ।

रामकुमारी झाक्रीले मन्चमै लगाएको कपडा खोल्दै राष्ट्रपति र ओलीलाइ भन्नु सम्म भनिन् (भिडियो)

रामकुमारी झाक्रीले मन्चमै लगाएको कपडा खोल्दै राष्ट्रपति र ओलीलाइ चेतावनी दिएकी छिन। नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन् ।

‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ उनले भनिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?

‘महिला अस्मिता त त्यतिबेला बलात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बला*त्कृत भएका छन्, उनीहरुको ह*त्या भएको छ’ उनले अघि भनिन् ।राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिंसा भएको भन्दै विरोध भएकोतर्फ इंग्गित गर्दै उनले भनिन्, ‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न आउँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *