छतबाट खसेकी बालिकालाई सशस्त्र प्रहरीका सईले समातेर जोगाए

Uncategorized

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित विपिचोकमा बुधबार बेलुका एक घरको छतबाट खस्दै गरेकी एक बालिकालाई त्यही तैनाथ रहेका सशस्त्र प्रहरीले समातेर घाइते हुनबाट जोगाएका छन् ।

स्थानीय नफिज करिवालको तीन वर्षीया छोरी जयनत करिवाललाई बेलुका करीब सवा चारबजे दुई तले घरको छतबाट खसेकी थिइन् । बच्चा छतबाट खस्दै गरेको देखेका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर कठायतले ती बालिकालाई जमिनमा बजारीनु पूर्व नै समातेर जोगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *