नेकपा नेता नारायणकाजी र गिरिराजमणिको नाममा २० करोड घुस मागेको भिडियो

भिडियो

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल ) पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता गिरिराजमणि पोखरेलको नाममा २० करोड घुस मागिएको दाबी पुन दोहोरिएको छ ।

झापास्थित प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले मेडिकल कलेजको सम्बन्धनका लागि चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसित २० करोड घुस मागेको आरोप दोहोर्याउनुभएको हो ।

केही समय अघि राजधानीमा पत्रकारसम्मेलन गर्दै प्रसाईंले उपाध्यक्ष गिरीमाथि यस्तो आरोप लगाउनुभएको थियो । हालै फेरी उहाँले आफूसँग प्रमाण रहेको दोहोर्याउनुभएको छ । प्रसाईंले १५ मंसिरमा आफू आयोगमा सम्बन्धनको निवेदन दिन जाँदा निवेदन लिन अस्वीकार गरी साँझ द्वारिका होटद्वलमा बोलाएर डा. गिरीले घुस मागेको स्पष्ट पार्नुभयो ।

प्रसाईंका अनुसार गिरीले आफूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ र तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पैसा दिनुपर्ने भन्दै घुस मागेको बताइएको छ ।

गिरीले २० करोड वा १० प्रतिशत सेयर आफ्नो आफन्तको नाममा ट्रान्सफर गरे मात्र सम्बन्धन दिन सक्ने बताएको प्रसाईंको दाबी छ । प्रसाईंले यसबीचमा आयोगले मापदण्ड नबनाई सिटिइभिटीअन्तर्गत सम्बन्धन बाँडेको तर आफूलाई सम्बन्धन नदिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

गिरीले घुस मागेपछि आफूले भोलिपल्टै नेकपाका अध्यक्ष प्रचण्डलाई सोको जानकारी गराएको समेत प्रसाईंले खुलासा गर्नुभयो । ‘यत्रो २० करोड मैले कहाँबाट दिने ? प्रसाईंले भन्नुभयो, ‘१–२ करोड भए हेर्न सकिन्थ्यो, यत्रो पैसा कसरी डाइभर्ट गर्न सकिन्छ ?’

पैसा दिन नसके आफ्नो सम्धीको नाममा मेडिकल कलेजको १० प्रतिशत सेयर नामसारी गरिदिन डा. गिरीले भनेको प्रसाईंले बताउनुभयो । ‘गिरीले सम्धीको नाममा सेयर पास गरिदिए मात्र सम्बन्धन दिन्छु भने,’ प्रसाईंले स्पष्ट पार्नुभयो । जनबोली

Leave a Reply

Your email address will not be published. Required fields are marked *