पूर्व सभामुख महराका धर्मपत्नी सीता महराको निधन

समाचार

काठमाडौं- पूर्व सभामुख तथा प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महाराकी धर्मपत्नी सीता महराको बुधबार विहान निधन भएको छ । उहाँ शुक्रबारदेखि थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो ।

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएकाबेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक

१४ गते शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ पनि देखिएको थियो। शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै

बुधबार बिहान निधन भएको अस्पतालले पुष्टि गरेको छ । महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *