दुई भारतीयले सगरमाथा चुचुरोमा नपुगी प्रमाणपत्र लिएको पुष्टि

समाचार

काठमाडौं । सगरमाथा चढेको झुठो विवरण पेश गरेर दुई भारतीयले आरोहण प्रमाणपत्र लिएको पुष्टि भएको छ । सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको चुचुरोमा नपुगी आरोहणको प्रमाणपत्र लिएको पुष्टि भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनीहरुलाई २० मे २०१६ देखि लागू हुने गरी ६ वर्ष पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयले उनीहरुको प्रमाणपत्र रद्द गरिने जानकारी समेत दिएको छ ।

उनीहरुले झुठो विवरण पेश गरेको भन्ने उजुरी परेपछि मन्त्रालयले छानविन गर्न समिति गठन गरेको र अनुसन्धानबाट उनीहरुले झुठा विवरण दिएर प्रमाणपत्र लिएको पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले भारतीय नागरिकलाई आरोहणको प्रबन्ध मिलाउने सेभेन समिट ट्रेक प्रालिलाई ५० हजार जरिवाना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *