रविले भेटाए भागरथीको शव पहिलो पटक देख्ने ब्यक्ति, घटनास्थलमै पुगेर देखाए अवस्था (भिडियो हेर्नुस्)

भिडियो

काठमाडौ । कञ्चनपुरकी निर्मला पन्त माथि भएको घटनामा संलग्न ब्यक्ति पक्राउ परेका छैनन् । फेरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ को चडेपानीमा त्यस्तै घटना भएको छ । प्रहरीले पनि सो घटना निर्मला पन्तकै जस्तो भनेर पुष्टि गरिसकेको छ ।

गाउँकी होनहार किशोरी भागरथी १७ वर्षकी मात्र थिइन् । विद्यालयवाट घर फर्किदै गरेकी भागरथी घर पुगिनन् । तर लवलेक सामुदायिक वनको बनमाराको झा डी मा भाररथीको शव फेला परेको थियो । उनको शवको प्रकृति हेर्दा पनि निर्मला पन्तकै जस्तो घटना भएको प्रहरीले अनुमान गरेको थियो । तर अहिले प्रहरीले घटना सोही प्रकृतिको भएको पुष्टि गरिसकेको छ ।

बुवाको निधन भएको ४५ दिन पनि भएको थिएन । दाई भारत गएको १० दिन मात्र भएको थियो । घरको जिम्मेवारी भागरथीकै काँधमा थियो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट बुधबार घर फर्किने बेला नै सम्पर्क विहीन भएकी भागरथीको विषयको अपत्यारिलो खबर उनीहरु सबै स्वीकार्न विवश छन्।

पति वियोगको आँसु नथामिदै छोरी गुमाउन पुगेकी द्रोपतीले त्यतइ ठूलो चो ट सहन सकेकी छैनन् । निर्मला पन्तको घटना भएको यति धेरै समय हुँदा पनि घटनामा संलग्न पक्राउ पर्न सकेको छैन । त्यसैले यो घटनामा पनि त्यस्तै नहोस भनेर सबैको ध्यान तानेको छ ।

अहिले रवि लामिछाने घटनास्थलमा पुगेका छन् । रवि लामिछानेले घटनास्थलमा पहिलो पटक भागरथीको शव देख्ने ब्यक्तिले भनेका कुराहरु सार्वजनिक गरेका छन् । उनले घटनास्थलको अवस्था कस्तो थियो भन्ने कुरा खुलाएका छन् । हेरौं भिडियोमा पहिलो प्रत्यक्षदर्शीको भनाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *