काठमाडौं, ११ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आज आकस्मिक रुपमा पत्रकार सम्मेलन राखेका छन् ।
अपरान्ह चार बजे पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष ओलीले पत्रकारहरूलाई सम्बोधन गर्ने छन् ।
सरकारले विभिन्न नियुक्ति र निर्णयहरू गरेको भन्दै ओलीले त्यसलाई रोक्न पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
सरकारले बुधबार वृद्ध भत्ताका लागि ७० बाट घटाएर ६५ पु-याएको थियो । त्यसै गरी दीघकालीन असर गर्ने गरेर विभिन्न राजनीतिक नियुक्तिहरू गरेको छ ।
प्रहरीमा पनि ३० वर्षे सेवा अवधि हटाउन प्रस्ताव गरेको छ । यस्तै निर्णयहरूबाट चिढिएका ओलीले समग्र विषयमा सरकारको विरोध गर्ने जनाइएको छ । Dainiknepal