रहेनन् वामपन्थि नेता रामसिंह रावल

समाचार

२६ माघ, काठमाडौँ । वामपन्थि नेता रामसिंह रावलको सोमबार बिहानै निधन भएको छ । सुदुरपश्चिमको बैतडीबाट काठमाडौँ आई लामो समय राजनीतिमा सक्रिय रावलको निधन पछि विभिन्न राजनैतिक अगुवा तथा सामाजिक अभियन्ताहरुले गहिरो दुःख व्यक्त गरेका छन् ।

पुष्पलालद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टीमा आकर्षित भै राजनीतिमा सक्रिय रहेका उनी नेपाल प्रगतिशिल विद्यार्थी युनियन(नेप्रवियु)का संस्थापक अध्यक्ष हुन् । २०३६ को विद्यार्थी आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेका उनी लोककृष्ण भट्टराई, चतुर्भुज आत्रेय, हरि आचार्य सँगै कठोर यातना र जेल भोगेका व्यक्ति समेत हुन् ।

२०४२ सालमा मनमोहन–साहना समूहको एकतापछि बनेको नेकपा(माक्र्सवादी) मा उनले केन्द्रीय सदस्य रहेर २०४६ को जनआन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका थिए । उनीसँगै काम गरेका वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीका अनुसार देशले एउटा स्वच्छ छवि भएको व्यक्तित्व गुमाएको छ ।

यसैबीच उनको निधनमा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *