ट्रिपरले लियो जेब्राक्रसमै ज्यान, जानकीनगरमा तनाव

Uncategorized

११ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक महिलाको ठक्करबाट बिहीबार बिहान ज्यान गए पनि उनको पहिचान भने खुलेको छैन ।

प्रहरीका अनुसार, जेब्राक्रसबाट रोड पार गर्दै गरेकी पैदलयात्रीलाई लु १ ख ९८३८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।

जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको छ । स्थानीयले ठक्कर दिने ट्रिपर जलाइदिएका छन् भने अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन् ।

स्थानीयको  प्रदर्शनपछि अहिले राजमार्ग ठप्प भएको छ । अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन भए पनि तनाव नियन्त्रणमा आएको छैन ।

साभार : onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *