चितवन राष्ट्रिय निकुञ्जमा शङ्करप्रसाद हात्तीको मृ,त्यु, धार्मिक परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि

समाचार

चितवन निकुञ्जमा शङ्करप्रसाद हात्तीको मृ,त्यु, धार्मिक परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि

चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती र एउटा गैँडा म,रेका छन् । निकुञ्जको लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शङ्करप्रसाद नामको हात्तीको मृ,त्यु भएको निकुञ्जले जनाएको छ । यही माघ २१ गतेदेखि बिरामी भएको शङ्करप्रसादको मृ,त्यु भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

हिन्दू धर्मअनुसार हात्तीलाई भगवान् गणेशको प्रतीकका रूपमा मानिने भएकाले मृ,तक शङ्करप्रसादको धार्मिक परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि गरिएको अधिकारीले बताउनुभयो । चालु आव २०७७÷७८ मा शङ्करप्रसादसहित चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा घरपालुवा हात्तीको मृ,त्यु भएको अधिकारीले बताउनुभयो ।

यसैगरी निकुञ्जको मुख्य क्षेत्र मानिने माडीको बगाई सेक्टरअन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृ,त गैँडा भेटिएको छ । अधिकारीका अनुसार माघ १३ गते अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा मृ,त भेटिएको हो । योसँगै चालु आव २०७७÷७८ मा चितवन राष्ट्रिय निकुञ्जमा २३ वटा गैँडाको मृ,त्यु भएको अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *