बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ साबिक भिमापोखरा गाविसका दलित किसानहरुले उत्पादन गरेको दुघ विक्रि नभएपछि चिन्तीत बनेका छन् । आफुहरुले उत्पादन गरेको दुघ र दुधजन्य सामाग्रही विक्रि नभएपछि उनिहरु चिन्तित बनेका हुन् ।
भिमपोखराका ४२ बर्षका चिन्तामणी सुनारले दुईवटा भैसी पाल्नुभएको छ । गाउँमै दुग्ध सहकारी भएपनि दलित भनेर दुघ सहकारीले लिन नमानेपछि उहाँले दुघबाट घिउ बनाएर मोही मलखादमा फाल्दै आउँनुभएको छ । तर दलित भएकै कारण उहाँले उत्पादन गरेको घिउँ पनि विक्रि नहुँदा उहाँलाई चिन्ताले सताएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
उहाँ भन्नुहुन्छ् ‘दलितका दुध गाउँमा चलाउन गाह्रो हुन्छ भनेर सहकारीले हाम्रो दुध मिसाउदैँन’ हाम्रो दुध पनि मिसाईदिए छोराछोरीले कापी कलम किन्थे, नुन चिनि किन्न समस्या हुनिथिएन ।’ गाउँका मानिसहरुले दुध विक्रि गरेर १० हजार कमाए भनेर सुनाउँदा पनि उनको मन अमिलो हुन्छ । ‘गाईबस्तु पालौँ भने दुध विक्दैन, ज्याला मजदुरी र खेतीपाती गर्नुको अरु विकल्प छैन’ भन्दै उहाँ भन्नुहुन्छ ‘अरुले जस्तै गरी दुध विक्रि गर्न पाए व्यवसायिक रुपमै पशुपालन गर्ने ठुलो चाहना छ’ ।
चिन्तामणी जस्तै भिमपोखरामा कयौँ घरपरिवारहरुले उत्पादन गरेका दुध विक्रि गर्न नपाउदा भित्र भित्रै तड्पन्छन् तर उनीहरुको इच्छा कहिलै पुरा नहुने बताउछन् । त्यस ठाउँमा रहेको एक सहकारीमा बारम्बार दुध मिसाउन पाउनुपर्छ भनी आन्दोलन गरेपनि सहकारीमा भएका २ जनाको शेयर समेत निकालिदिएको गुनासो गर्छन् ।
साभार : news24nepal