काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नारायणहिटि दरबार भन्दा अग्लो फोटो राखेर आफु राजा भएको आभास दिएको आरोप लगाएका छन् ।
नेता खतिवडाले आज हुने ओलीको आमसभालाई लिएर नारायणहिटि दरबार अगाडी भएको तामझाम लाई लिएर यस्ता टिप्पणी गरेका हुन् ।
नेता खतिवडाको ट्वीट: आज बिहान हिड्दै दरबारमार्गमा पुगेको थिए ।
केपी ओलिका फोटाहरु पोल पोलमा देखिए ,
अब मुलुक समृद्धिको बाटोमा अगाडि लागे जस्तै
नारायणहिटि दरबार भन्दा अग्लो फोटो राखेर आफू राजा भएको आभास दिन खोज्दै छन्।