पसल खोलेको भन्दै सुत्केरी महिलालाई तातो तेल खन्याए !

समाचार

पसल खोलेको भन्दै सुत्केरी महिलालाई तातो तेल खन्याए !

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा विराटनगरको एक चिया पसलमा बन्दकर्ताले सुत्केरी महिलालाई तातो तेल खन्याइदिएका छन्

विराटनगरमा चियानास्ता पसलमा काम गरिरहेका दुई महिलामाथि उम्लिइरहेको तातो तेल खन्याइएको हो ।

 

घाइतेहरु एउटै परिवारका आमाछोरी हुन्। हड्तालका क्रममा विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन्।

 

उमालेर सिङ्गडा (समोसा) पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी सामान्य घाइते भएका हुन् ।

पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो।

घटनाका विषयमा चाल पाएको प्रहरीले त्यसमा संलग्नलाई कारबाही अघि बढाउनका लागि घटनास्थल परपर रहेका सिसी टिभीको फुटेज अध्ययन गर्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *