बन्द सफल बनाउन प्रचण्ड आफै सडकमा उत्रिए

समाचार

बन्द सफल बनाउन प्रचण्ड आफै सडकमा उत्रिए

काठमाडौं । बन्द, आमहड्ताल जस्ता आन्दोलनका कार्यक्रमहरुमा शीर्ष नेताहरु बन्द कोठामै बस्ने विगतको चलनलाई प्रचण्डले तोडेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम आमहड्तालको स्थिति बुझ्न सडकमा निस्किएका छन् ।

सातदोबाटो हुँदै लगनखेल पुगेका प्रचण्डसहितका नेताहरु नाराजुलुस लगाउँदै अघि बढेका छन् । साथमा सातदोबाटोका कमाण्डर देव गुरुङ पनि साथमै छन् । सुरक्षाकर्मीहरुका साथमा प्रचण्ड सातदोबाटो आइपुगेपछि जुलुस सुरु भएको हो । प्रचण्ड नै सडकमा देखिएपछि कार्यकर्ता थप उत्साहित देखिएका छन् ।

फलानो जस्तो भएन मेरो बच्चा भन्ने अभिभावकले बुझ्नुपर्ने कुरा

कतिपय तपाईं हामी झट्ट टेलिभिजनको रियालिटी शो वा फेसबुक, टिकटक र युट्युबमा साना बालबालिकाको कुनै प्रतिभा देखेर आफ्ना सन्तान पनि त्यस्तै हुन् भन्ने चाहान्छौ । स्क्रिनमा देखिएका बालबालिकाको प्रतिभा आफ्ना सन्तान पनि होस् भनेर चाहानु आफैमा खराब होइन । तर अधिकांश अभिभावक आफ्ना सन्तानलाई उनिहरुसंग तुलना गरेर दबाब दिने गर्दछन् । जसको कारण धेरै बालबालिकका अभिभावकै कारणले यस प्रकारको तनाव भोग्न बाध्य हुने गरेका छन् । यस प्रकारको समस्या अहिले हाम्रो समाजमा व्याप्त छ ।

यतिमात्र होइन, अभिभावकको अस्वभाविक हठका कारण बालबालिकामा पर्ने अर्काे समस्या भनेको पढाईमा दिइने दबाब हो । आफ्नो सन्तान अरु बालबालिका झै परीक्षामा प्रथम होस्, खेलकुदमा मेडल ल्याउने गरीको अब्बल होस् र नाच्न गाउने क्षमता राखोस् भनेर अभिभावकले उनिहरुलाई त्यसकालागी दबाब दिने गरेका छन् । तर किताबी अक्षर घोकेर उत्तरपुस्तिकामा लेखेकै भरमा जाचिँने बालबालिकाको क्षमता र त्यसकालागी दिइने अभिभावकको दबाब कति हदसम्म उचित होला ?

यो हरेक आमाबुवाले सोच्नु पर्ने हुन्छ । पढ्नु आफैमा रुचि भएपछि गर्न सकिने एक कार्य हो । केबल किताबी ज्ञानले मात्र उसको मुल्यांकन हुन सक्दैन । यसकालागी रुची महत्वपुर्ण हुन्छ । बच्चा परीक्षामा प्रथम नहुदैमा वा उसले अरु सरह कुनै प्रतिभा वा क्षमता नराख्दैमा उ कमजोर हुदैन । उसमा कुन बिषयमा रुची छ वा उसको कुन बिषयतर्फ लगाव छ त्यो खोज्न अभिभावकले जरुरी छ । त्यसैले कुनै बच्चामा देखेको केहि मिनेटको अद्धितीय क्षमता वा प्रतिभामा योग्य बनुन् भनेर बालबालिकालाई दबाब दिइरहनु हुदैन ।

आजभन्दा करीब १ दशक अगाडीसम्म बालबालिकाहरुको खेल्ने साधन भनेको खेलौना थिए । उनिहरु विद्यालयबाट फर्केपछि घण्टौसम्म आगन वा चौरमा बिभिन्न खेल खेल्दथे । धेरैसंग हेलमेल हुने गर्दथे । त्यसबेला उनिहरुको रुची पढाई संगसंगै बिभिन्न खेलहरुमा हुने गर्दथ्यो । तर पछिल्लो समयमा बढ्दो प्रविधीका कारण बालबालिका खेलौनाबाट टाढिएका छन् । अहिले अधिकाशं बालबालिकाहरुको खेल्ने वा समय बिताउने साधन भनेको मोवाइल बन्न पुगेको छ ।

उनिहरु मोवाइलको स्क्रिनमा पुरै संसार रहेको मान्दछन् । त्यसैले कतिपय बालबालिका खाना खादा होस् वा सुत्ने वा उठ्ने बित्तिकै मोवाइल समाउन पुग्दछन् । उनीहरु पाठ्यपुस्तकमा भन्दा मोवाइल, ल्यापटप र ट्याबमा रमाउन थालेका छन् । अझ अभिभावक समेत आफ्नो काममा बाधा नपुर्याउन् भनेर स्वयम् बालबालिकालाई मोवाइल दिने गर्दछन् । यसरी अहिले डिटिजल स्मार्टफोन नै बालबालिकाले एउटा दुनियाँ बनेको छ । पहिले कुनै बिषयको जिज्ञाशा वा कौतुहलता मेटाउन बालबालिका आफ्ना आमाबुवा वा शिक्षकसंग प्रश्न गर्दथे । तर अहिले समय त्यस्तो छैन ।

अहिलेका बालबालिकामा कौतुहलता मेट्न पर्खिने धैर्यता छैन । उनीहरु कुनै बिषयको जिज्ञाशा हुनासाथ डिजिटल प्रविधीमा डुल्दछन् । त्यसैले चाहे खेल्न होस् वा कुनै बिषयमा ज्ञान हासिल गर्न बालबालिकाको आशक्ति मोवाइल प्रति बढ्दो छ । मोवाइलको प्रयोगबाट हुने स्वास्थ्यका हानीबा बिषयमा धेरै शोध र अनुसन्धानबाट बिभिन्न नतिजाहरु सार्वजनिक भएका छन् । मोवाइलमा रमाउने बालबालिकामा आँखाको समस्यादेखि मोटोपनसम्मका बिभिन्न स्वास्थ्य समस्या देखापर्ने चिकित्सकहरु बताउँछन् ।

यस्तोमा अहिलेको अभिभावकको मूख्य समस्या भनेको आफ्ना बच्चालाई कसरी मोवाइलबाट टाढा राख्ने भन्ने हुदे गर्दछ । बच्चालाई मोवाइलबाट टाढा राख्न हर्काने, गाली गर्ने वा पिटेर हुदैन । यसकालागी उनिहरुलाई केहि निश्चित समय छुट्याउन सकिन्छ । फकाइफुल्याइ वा सम्झाइबुझाइ उनिहरुलाई बिस्तारै मोवाइलबाट अलग्याउनु पर्दछ । उनिहरुको रुची अनुसारको अन्य काम, पढाइ र बाहिरी खेलप्रति प्रेरित गर्नुपर्छ ।

मेरो बुझाईमा मोवाइलको लत छुटाउने सबैभन्दा सहज उपाय भनेको अभिभावकले आफ्ना सन्तानसंग प्रसस्त समय बिताउनु पर्दछ । मेरी छोरी कियानीमा पनि केहि अघिसम्म मोवाइलको लत बढ्दो थियो । त्यसैले मैले उसको ध्यान मोवाइलबाट हटाउन उसंग बढिभन्दा बढि समय बिताउन थाले । उसका कुरा सुन्न, उसंग खेल्न र उसंग बसेर पढ्न र चित्र कोर्न थाले ।

जसका कारण बिस्तारै उसको मोवाइलप्रतिको आशक्ति कम हुदैं गएको छ । समग्रमा हरेक अभिभावकले बालबालिकको रुची बुझेर उसंग प्रसस्त समय बिताउन आवश्यक छ । यसबाट उसको भावना बुझ्न, उसको विश्वास जित्न र आफ्नो कुरा उसलाई बुझाउन सहज हुन्छ ।

तसर्थ कुनै पनि स्क्रिनमा देखिएका अन्य बालबालिकासंग उनिहरुको तुलना गर्ने र त्यसकालागी अभिभावकले दबाब दिने काम बन्द गर्नु पर्दछ । साथै बालबालिकालाई सकेसम्म मोवाइलभन्दा बाहिरी बातावरणतर्फ उसको ध्यान केन्द्रित गराउनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *