स्कारपियोको ठक्करबाट मोटरसाइकल सवार एक युवकको मृत्यु, एकको अवस्था गम्भीर

समाचार

धनुषाको मिथिला नगरपालिकामा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

मिथिला नगरपालिका ५ विश्रामपुरस्थित पूर्वपश्चिम राजमार्गमा गएराति ज ६ प २८३३ नम्बरको मोटरसाइकललाई बा १३ च ८०३८ नम्बरको स्कारपियोले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका थिए ।

ठक्करबाट मिथिला नगरपालिकाका २४ बर्षिय दिपेन्द्र महतो र बर्ष २० का रोशन लामा घाइते भएका थिए  प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा दिपेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार घाइते लामाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

ठक्कर दिएर घटनास्थलबाट स्कारपियो फरार भएको थियो । सोही कारण आक्रोशित भएका स्थानीयहरुले करिब आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।

मोटरसाइललाई ठक्कर दिएर फरार भएको स्कारपियो गाडी धनुषा प्रहरीले २ घण्टापछि नियन्त्रणमा लिएको थियो । दिपेन्द्रको शव पोष्टमार्टमको तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *