नेता महेश बस्नेतको नेतृत्वमा इतिहासकै सबैभन्दा ठुलो मोटरसाइकल र्‍याली

समाचार

नेता महेश बस्नेतको नेतृत्वमा इतिहासकै सबैभन्दा ठुलो मोटरसाइकल र्‍याली

काठमाडौँ, २१ माघ । नेता महेश बस्नेतले नेतृत्व गरेको मोटरसाइकल र्‍यालीमा १० हजारबढी मोटरसाइकलसहित युवाहरुले सहभागिता जनाएका छन ।प्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनकाे तयारीस्वरूप नेता बस्नेतको नेतृत्वमा युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्‍याली गरेको हो ।

आज १२ बजे बालकुमारीबाट शुरु भएको र्‍याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरपाेर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत गर्नेछ ।

रुट अनुसार बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ । त्यस्तै त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कनेछ ।

पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *