झापाको कचनकवल गाउँपालिका १ घेराबारीमा एक घरमा आगलागी हुँदा एकजनाको मृ’त्यु भएको छ।
घेरावारी नेमुबाडी गाउँका गोबर्धन राजवंशीको घरमा राति १२ बजे आगलागी भएको हो। आगोबाट जलेर राजवंशीको मृ’त्यु भएको स्थानीयबासी नवराज भट्टराईले जानकारी दिए। आगोमा परि चौपाया पनि जलेर मरेका उनले बताए। घरमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल क्षति भएको आँकलन गरिएको छ। घटनास्थलमा प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
