१ दिनकी मुख्यमन्त्री १९ वर्षीया सृष्टिका ५ महत्वपूर्ण काम

अन्तर्राष्ट्रिय

१ दिनकी मुख्यमन्त्री १९ वर्षीया सृष्टिका ५ महत्वपूर्ण काम

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा गत आइतबार एक दिनका लागि एक छात्रा मुख्यमन्त्री बनिन् । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतको स्वीकृतिमा राष्ट्रिय बालिका दिवसको अवसरमा हरिद्वारकी १९ वर्षीया सृष्टि गोस्वामी मुख्यमन्त्री बनेकी हुन् ।

मुख्यमन्त्री सृष्टिलाई विधानसभा भवनमा उच्च शिक्षा मन्त्री धनसिंह रावतले स्वागत गर्नुभयाे । एक दिनकी मुख्यमन्त्री सृष्टिले एक दिनमा पनि निकै महत्वपूर्ण कार्य गरेको मुख्यमन्त्री रावतले बताउनुभयो ।

प्रदेशका बालिकालाई सशक्त बनाउनको लागि आफूहरुले यस्तो प्रयास गरेको उहाँको भनाइ छ । प्रदेशका बालिकामा प्रतिभाको कमी छैन र उनीहरु जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने सन्देश दिन यस्तो गरिएको रावतले बताउनुभयो ।

मुख्यमन्त्री सृष्टिका कार्यहरु
–मुख्यमन्त्रीको रुपमा सृष्टिले करिब १२ वटा विभागका अधिकारीसँग बैठक गरिन् ।
–विभिन्न विभागका अधिकारीलाई विभिन्न कामका लागि निर्देशन दिइन् ।
–प्रदेशका जीर्ण पुलहरुको मर्मत गर्न आदेश दिइन् ।
–१२ बजेदेखि ३ बजेसम्म विधानसभा भवनमा समीक्षा बैठकको अध्यक्षता गरिन् ।
–३ बजे बालिका निकेतनको निरीक्षण गरिन् र बालिकाहरुसँग दिउँसोको खाना खाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *