प्रहरीमा यति धेरै चलखेल ! हेर्नुहोस के-के हुँदै छ भित्रि षडयन्त्र ..देउवाले सुरु गरे यस्तो अन्तीम गृहकार्य

Uncategorized

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीमा अन्तीम चलखेल सुरु गर्दै छन् । प्रधानमन्त्रीको निर्देशनअनुसार घाइते भएपनि खुट्टामा ब्याण्डेज लगाएर खोच्याउँदै एआइजी चन्द र पाल बालुवाटार पुगेको स्रोतले बतायो ।

देउवालाइ एमाले मनाउन आइजीपी प्रकाश अर्याल र एआइजी पालले जिम्मा लिएका जानकारी चन्दले गराएका थिए । यस्तै एआइजी बिजय भट्टले माओवादी नेतृत्व मनाउने जानकारी देउवालाई दिइएको छ ।

प्रहरी ऐन संशोधन नभए आइजीपी प्रकाश अर्यालसहित एआइजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय,केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङ्गमार लामा, रण बहादुर चन्द, बिजयकुमार भट्ट, हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ र माधवप्रसाद नेपाल आगामी चैत्र २८ गते ३० बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउदैछन । उनीहरु सबै जना २०४४ चैत्र २९ गते प्रहरीनिरीक्षकबाट सेवाप्रवेश गरेका थिए ।

अहिले ३० बर्षे सेवाहद हटाएर उमेर हद र पदावधीको आधारमा अवकाश पाउने प्रावधान राखिएको संघीय प्रहरी ऐन सम्बन्धि अध्यादेश पारित गर्न सकेमा आइजीपी अर्यालको जागिर दुइ बर्ष लम्बिन्छ भने सबै एआइजीहरुको जागिर अवधिकरिब २ बर्ष नै लम्बिन्छ । प्रस्तावित संघीय प्रहरी ऐनमा सेवाहदका आधारमा पाउने अवकाशको ब्यबस्था हटाएर उमेर हद र पदावधिको आधारमा अवकाश पाउने ब्यबस्था गरिएको छ । स्रोतका अनुसार आइजीपीको लागि उमेर ६० बर्ष र पदावधि ३ बर्ष, एआइजीको लागि उमेर ५९ बर्ष र पदावधि २ बर्ष,डीआइजीको लागि उमेर हद ५८ बर्ष र पदावधि ५ बर्ष, एसएसपीको लागि उमेर हद ५७ बर्ष पदावधि ६ बर्ष कायम गरिएको आजको सौर्य दैनिकमा समाचार छ ।

यो प्रयाश सफल नभएमा डीआइजीहरु गोविन्द प्रसाद निरौला, रोमेन्द्र प्रसाद देउजा, सुदिप आचार्य, गणेश केसी, रमेश कुमार भट्टराई, केदारमानसिंह भण्डारी, भोग बहादुर थापा, पुष्कल राज रेग्मी, पुष्प चन्द्र रंजित र एसएसपी कृष्ण प्रसाद गौतम र विष्णुहरी गौतमले समेत आगामी चैत २९ मा तिस बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउदैछन । उनीहरु सबै आइजीपी अर्यालका ब्याचमेट हुन । तीस बर्शे हटेमा उनीहरुको जागिर अवधि पनि केहि बर्ष लम्बिन्छ ।

यस्तै डीआइजीहरु उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानबिक्रम शाह, शरद चन्द, एसएसपीहरु श्यामबहादुर खत्री, रबिन्द्र प्रसाद शर्मा, प्रेम चन्द, श्याम खड्का र मोहनराज जोशीले आगामी असार २९ मा ३० बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने छन । उनीहरु २०४५ असार ३० मा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए ।

साभार : pathibharanews

Leave a Reply

Your email address will not be published. Required fields are marked *