‘यो नानीको मिर्मिरे आँखा’का सर्जक धनबहादुरको निधन

समाचार

काठमाडौं – गायक तथा शब्द संकलन धनबहादुर गायकको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका गायकको पोखराको मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको हो ।

सारंगी संरक्षणका अभियन्तासमेत रहेका गायकलाई छाती र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरी आइसीयूमा राखेर उपचार गरिएको थियो ।

पोखराकै बाटुलेचौर निवासी उनी चर्चित गीत ‘यो दाजुको मिर्मिरे आँखा’ र ‘बेली र चमेली’ लगायतका गीतका सर्जक हुन् ।

उनकै सक्रियतामा २०६६ सालमा पोखरामा झलकमान गन्धर्व सारंगी पाठशाला स्थापना गरिएको थियो ।

जहाँ बालबालिकालाई निःशुल्करूपमा सारंगी र मादललगायत वाद्यवादन सामग्री बजाउन सिकाइन्छ । यो पाठशालामा हाल उनका छोरा दिलीप गायकले संगीत सिकाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *