राष्ट्रियसभाको टिकट पाएपछि सामाजिक सञ्जालमा बिरोध गर्नेलाई यसो भन्छिन् कोमल ओली

Uncategorized

काठमाडौँ । नेकपा ९एमाले०बाट राष्ट्रियसभाको उम्मेदवारका लागि क्षेत्र नम्बर ५ बाट चर्चित गायिका कोमल वली चयन भएकी छिन् । सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले उनलाई उम्मेदवार चुनेको हो ।

राष्ट्रियसभाको लागि टिकट पाउँदा आलो निकै खुसी भएकी छिन् । उनले भनिन् -‘ निकै खुसी छु । म प्रतिनिधि सभाको चुनाव लड्ने तयारीमा नै बसेको मान्छे हुँ । अहिले यस्तो गरीमामय पदको लागि लड्दै छु । पार्टीले विश्वास गरेर जिम्मेवारी दिएको छ । यसले मनोवल उच्च पार्ने काम भएको छ ।’

ओलीले टिकट पाएपछि सामाजिक सञ्जालमा निकै आलेचित भएका थिए । यसरी सामाजिक सञ्जालमा आलोचन बढिरहदा उनी भन्छिन् – ‘मैले टिकट पाउँदा कोही रिसाउनु पर्ने अथवा आक्षेप लगाउनुपर्ने कारण देख्दिनँ म । मैले टिकट पाउनै पर्छ भनेर भनेको पनि थिइनँ । ५ नम्बर प्रदेशबाट महिलाहरुमा मेरो नाम सबैभन्दा माथि सिफारिस भएको थियो । म यो पदको लागि अयोग्य छु जस्तो लाग्दैन । यदि म अनुपयुक्त भएको भए मलाई टिकट नदिएको भए पनि हुन्थ्यो । म आफूलाई यसको लागि योग्न नै ठान्छु । विरोध गर्नुपर्ने कारण म देख्दिनँ ।’

यस अघि उनी एमालेबाट प्रतिनिधि सभाको चुनावमा लड्ने भने पछि चर्चामा आएकी थिइन् । तर एमालेले उनलाई प्रतिनिधि सभाको लागि टिकट दिएन ।

साभार : news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *