६ महिनामै छोरो ज’न्मिएपछि… !

समाचार

तुलसीपुर- गत कात्तिक १ गते दाङको तुलसीपुर उपमहानगरपालिका-१५ कि रेशु रावतले दोस्रो सन्तानलाई जन्म दिइन्। आमा बन्दाको सन्तुष्टि र खुसी भने उनको अनुहार देखिएन ।बरू चिन्ताका रेखाहरू कोरिए। किनकी बच्चा जन्मनुअघि नै डाक्टरहरूले भनिसकेका थिए । संसारमा आउन लागेको यो मान्छेको आयु धेरै छोटो छ। आमाले अनुहार हेर्न नपाउँदै पनि ऊ जान सक्छ। त्यो दिन रेशु बेथा लागेर अस्पताल गएकी पनि थिइनन्। थाइराइडकी बिरामी उनी त्यसैको जाँच गर्न घोराहीस्थित गोरखा हस्पिटल पुगेकी थिइन।

अस्पतालमै भएका बेला उनलाई एकाएक बे’था लाग्यो। उनको पेटमा बच्चा हु’र्किन थालेको त्यतिबेला जम्मा ६ महिनामात्र भएको थियो। ६ महिनामै जन्मिएको बच्चा बाँच्छ भनेर कसले पत्याओस्, अस्पतालमा कसैले पत्याएनन् तर मन दह्रो बनाएर रेशुलाई अ’परेशन कक्षमा लगे। ‘म पनि मन दह्रो बनाएर भित्र छिरें, रेशुले भनिन्। साँझपख बच्चा जन्मियो। छोरा रहेछ। स्वीपर सिस्टरले हेर्दा बच्चाले आँखा हेरिरहेको रहेछ। रेशुले त्यो बेला आफ्नै बच्चा हेर्न सकिनन्। सिस्टरले बोलाएपछि रेशुका श्रीमानले छोरालाई नियाले।

आँखा हेरिरहेको देखेपछि उनलाई पनि बाँच्छ कि भन्ने आशा जाग्यो। अनि तत्कालै छोरालाई २४ किलोमिटर पश्चिम तुलसीपुरको तुलसी बाल हस्पिटलमा ल्याएर भर्ना गरे। तुलसी हस्पिटल प्रशासनले भर्ना गर्दा नै भनिदियो– बचाउन सक्ने सम्भावना निकै कम छ, तर हामी सम्भव भएसम्म प्रयास गर्छौं। भर्ना गरेको दुई/तीन दिनसम्म पनि डाक्टरहरूले ९९ प्रतिशतसम्म पनि यो बच्चा बाँच्ने आश छैन भनिरहन्थे। ‘कहिले आन्द्रा प’ड्किन्छ भने कहिले के भने,’ रेशुले भनिन् ‘त्यस्तैमा एक महिनाको हुँदा मैले बच्चालाई छातीमा टाँसे र बल्ल मलाई मेरो छोरा अब बाँच्छ कि भन्ने लागेको हो।’

दुई महिनापछि बच्चालाई इन्फेक्सन भयो। उसको शरीरमा सेतो रगतको अभाव देखियो। उपचारमा संलग्न बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीका अनुसार बच्चाको सेतो रगत ३३ हजारसम्म झ’रेको थियो। बच्चालाई त्यसअघि रातो र’गतको कमी भएको थियो। तर, नजिकैको ब्लड बैंकबाट ल्याएर प्रयोग गरेका थिए। दाङमा सेतो र’गत पाइँदैन। काठमाडौं वा बाँके जानुपर्छ। रेशुले छोरा बाँके लगिन। लगेको दिन सेतो रगत चढाउन सकिएन। उनी आ’त्तिइन्। ‘अब मेरो छोरा बाँच्दैन। यत्ति रहेछ, भन्ने लाग्यो,’ रेशुले सम्झिइन् ।

त्यहाँका डाक्टरका प्रश्नले पनि उनको मनोबल बढेन बरू खस्कियो। ‘के-के सोधे। जम्मै नराम्रै र नकारात्मक कुरामात्रै गरे, उनले भनिन्। यो बच्चा भेन्टिलेटरबिना दुई महिनासम्म कसरी बाँ’च्यो भन्ने कुरा सोधि रहन्थे रे ?यस्तो बच्चा कसरी बाँ’चेको होला भनेर डाक्टरहरू आश्चर्यमा परेका थिए। कोहलपुर अस्पतालमा दुई हप्ता सेतो र’गत चढाएपछि बच्चा अलि तं’ग्रियो। रेशुलाई त्यहाँ बस्न मनले लागेन ।त्यहाँ उनी ढुक्क भइनन्। सबैले मनोबल गिराउने कुरा मात्रै गर्थे।अस्पतालले पुनः दाङको तुलसी हस्पिटलमै रिफर गरिदियो।

सेतो र’गत चढाउँदा झन्डै अढाई लाख खर्च भयो। तुलसीपुरमै वा दाङमै सेतो रगत चढाउने मेसिन भइदिएको भए रेशुले यतिका खर्च र झन्झट व्य’होर्नु पर्थेन। बच्चालाई बाँके पुर्‍याउँदा तुलसी हस्पिटलबाट रेशुले डाक्टरको टिम नै लग्नु परेको थियो। उताबाट ल्याउँदा पनि हस्पिटलको टिम गुहार्नु पर्‍यो। बाँकेबाट आएपछि तुलसी हस्पिटलले केही दिन बच्चालाई राखेर उपचार गर्‍यो। अवस्था सुधार हुँदै गयो। सोमबारमात्रै हस्पिटलले बच्चालाई डिस्चार्ज गरेको छ। घोराहीको गोरखा हस्पिटल र तुलसीपुरको तुलसी हस्पिटलमा समेत गरी ३ महिना ५ दिन बढी भर्ना हुँदा रावत परिवारको लाखौं रकम खर्च भएको छ।

अहिले पनि बच्चालाई अक्सिजन लगाउनु पर्छ। त्यसैले रेशुले छोराकै लागि भनेर तुलसीपुर बजारमै हस्पिटल नजिकै कोठा लिएर बसेकी छन्। उनले नर्ससमेत साथमै राखेकी छन्। अक्सिजन सिलिन्डर पनि कोठामै राखेकी छन्। अक्सिजन कहिले छुट्ने हो, अझै केही थाहा छैन। ‘आश मारिसकेको बच्चा आज मेरो काखमा आउँदा म निकै खुसी छु, अझै ढुक्क भने हुन सकिरहेकी छैन,’ रेशुले भनिन् ‘जुन दिन अक्सिजन छुटेर मेरो छोराले प्राकृतिक रूपमा श्वास फेर्न थाल्छ त्यसपछि मात्रै म ढुक्क हुनेछु।’ छोराले अक्सिजनबिना ढुक्कले सास फे’र्न थालेपछि मिठाइ लगेर तुलसी अस्पतालका सबै स्टाफलाई खुवाउने रेशुको सपना छ।

‘उहाँहरूले धेरै मेहनत र दुःख गरेर मेरो आश मारेको छोरा बचाएर मलाई दिनुभएको छ,’ उनले भनिन् ‘ मेरो छोरा तं’ग्रिनासाथ मैले पनि उहाँहरूको योगदानलाई कदर गर्नेछु।’ उपचारमा सं’लग्न बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीले बच्चाले विस्तारै प्राकृतिक रूपमै सास फेर्ने विश्वास व्यक्त गरे। ‘हामीले ३ महिना ५ दिन आइसियूमा राखेर उपचार गर्‍यौं,’ डा। खत्रीले भने ‘यो बीचमा हामीले बच्चालाई साढे दुई घन्टा अक्सिनजन नदिएर पनि हेरेका छौं। त्यसलाई नि’याल्दा क्रमिक रूपमा बच्चाले प्राकृतिक रूपमै सास फेर्छ भन्ने लाग्छ।’

धेरै समयसम्म अक्सिजन लगाउँदा बच्चा कृत्रिम अक्सिजनमा भर पर्ने र त्यसले फोक्सोको विकासमा समेत बा’धा पुग्ने हुँदा अब बिस्तारै फोक्सोलगायतका अं’गको विकास हुने उनले वि’श्वास व्यक्त गरे। कात्तिक १ गते जन्मिँदा बच्चाको तौल आठ सय ग्राममात्रै थियो। तीन महिना लामो उपचारपछि डिस्चार्ज हुँदा उनी अहिले २ किलो साढे ४ सय ग्रामका भएका छन्। सामान्य बच्चाको तौल जन्मदा नै साढे २ देखि साढे ३ केजीसम्म हुन्छ। डाक्टर खत्रीका अनुसार विकसित देशहरूमा पनि यस्ता बच्चा जन्मिए पनि मृ’त्युदर उच्च हुन्छ।

‘यस्ता बच्चा जन्मे पनि ६० देखि ७० प्रतिशतसम्म मृ’त्यु हुने सम्भावना हुन्छ,’ उनले भने। यस्ता बच्चालाई संक्रमण हुने, चिसो लाग्ने, फोक्सोको राम्ररी विकास नभएको हुनाले सास रो’किनेजस्ता समस्या हुने उनले बताए। यी स’मस्याबाट बचाउन ए’नआइसियू (न’वजात स’घन कक्ष) मा राखेर बच्चाको उपचार गर्नु पर्ने हुन्छ। रेशुको बच्चालाई पनि सास रोकिने समस्या पटक-पटक दोहोरिएको डाक्टर खत्रीले बताए। सुरूमा बच्चालाई नाकबाट पाइप राखेर दूध खुवाउन सुरू गरेको र त्यसपछि बच्चामा अलिअलि चु’स्ने शक्तिको विकास भएपछि ड्’रपरबाट दूध खुवाएको उनले जानकारी दिए।

‘हामीले यो बच्चाको उपचार गर्ने क्रममा धेरै ध्यान दियौं र धेरै स’मस्या सा’मना गर्‍यौं,’ डा। खत्रीले भने, ‘६५ दिनसम्म आइसियूमा राख्दा बच्चालाई धेरै पटक ग’म्भीर प्रकृतिका समस्या देखिए पनि निकै खटेर बच्चा बचाएको हो।’थोरैमात्रै आश गरिएको बच्चा आमालाई आज काखमा राखेर दिन पाउँदा आफूहरू निकै खुसी भएको उनले बताए। । अझै पनि यो बच्चालाई संक्रमणबाट जो’गाउन धेरै मानिसको भी’डभाडयुक्त स्थानमा राख्न नहुने डाक्टर खत्रीले सुझाव दिएका छन्। अहिले बच्चा आफैं आमाको दूध खान सक्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *