इष्ट लण्डनमा कार्यरत ७० बर्षका नेपाली डाक्टर नारद पाण्डेको नि’धन

समाचार

काठमाडौँ । कोरोना म-हामारी सुरु भएको वर्षदिन भन्दा बढी समय भइसक्दा पनि यसलाई नियन्त्रणमा लिन हम्मे हम्मे परेको छ ।

कोरोना झनै तिब्र गतिमा फैलिइरहेका बेला यसको खोप पनि आएको भनिएता पनि त्यसमाथिको विश्वसनियतामा भने अझै प्रश्न चिन्न उठिरहेका बेला दक्षिण अफ्रिकाको इष्ट लण्डनमा कार्यरत ७० बर्षका नेपाली मेडिकल डाक्टर नारद पाण्डेको नि’धन भएको छ ।

उनको यही जनवरी १४ तारिखका दिन कोरोनाका कारण नि’धन भएको बताइएको छ ।

समाचारमा जनाइए अनुसार अफ्रिकामा कोरोना संक्रमणका कारण मृत्य हुने उनी चौथो नेपाली हुन। उनको जनवरी १५, २०२१ मा दाहसंस्कार समेत गरिसकिएको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार डा पाण्डेको मृ-त्यु-को अन्तिम सं-स्का-रपछि गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले दुस्ख ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन।

यो पनि : कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै

राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ । सबस्टेशनअन्तर्गतको लाइन निर्माणको सबै काम सम्पन्न भएपछि परीक्षण गरी जोड्ने तयारी शुरु भएको हो ।

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको खण्डमा निर्माणको काम सकिएपछि अहिले पुनःपरीक्षणको काम थालिएको आयोजना प्रमुख चन्दनकुमार घोसले जानकारी दिनुभयो । यसअघि दाना सबस्टेशन र खुर्कोट सबस्टेशनमा पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि पुनः दोस्रो अर्थात् अन्तिम चरणको परीक्षण भइरहेको कालीगण्डकी प्रसारण करिडोर आयोजना प्रमुख घोसले बताउनुभयो ।

अहिले पर्वतको तल्लो मोदी १३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका काम भइरहेको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले जानकारी दिनुभयो । तल्लो मोदी आसपासका क्षेत्रको अनुगमन तथा बाटोमा पर्ने रुख काट्ने तथा अन्य काम पनि भइरहेको उहाँको भनाइ छ । दाना–खुर्कोट खण्डमा निर्माणका सबै कामलाई अन्तिम चरणमा पु¥याइएको आयोजनाका सहायक निर्देशक भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार खुर्कोटभन्दा अगाडि बुटवलसम्मको खण्डमा पनि आयोजना निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेको छ । दानादेखि खुर्कोटसम्म यसअघि नै प्रसारण लाइन निर्माणका लागि आवश्यक टावर निर्माण तथा तार तान्नेलगायत सबै काम सकिएको थियो । दाना र खुर्कोटमा दुई सबस्टेशन तथा त्यसबीचमा ११० टावर निर्माण गरी ३९ दशमलव छ किलोमिटर लामो तार टाँगिएको छ । एशियाली विकास बैंकको रु तीन अर्ब ऋण सहयोग तथा नेपाल सरकारको झण्डै रु ८० करोडको लागतमा खुर्कोट–दाना खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक भट्टराईको भनाइ छ ।

कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो । आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सम्झौता भई आव २०७५÷७६ मा निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको थियो ।

निर्माणका क्रममा विभिन्न ठाउँमा बाढीपहिरो, टावर ठड्याउने तथा तार तान्ने ठाउँमा स्थानीयको अवरोध, मुआब्जा वितरणमा समस्या र पछिल्लो समय विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले गएको चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीले तोकिएको समयमै आयोजना सम्पन्न हुन ढिलाइ भएको हो । अब छिटै आयोजनामार्फत बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने तयारी शुरु भएको छ । अहिले विभिन्न जलविद्युत् आयोजनाको विद्युत् गृहबाट उत्पादित विद्युत्लाई दाना सबस्टेशनमा पठाएर जडान गर्ने कामलाई अगाडि बढाइएको छ । सो लाइनमा साविक धौलागिरिका सबै जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जडान गरिने भएको छ ।

सत्कारी कुकुरको चौतर्फी चर्चा, मन्दिरको ढोकामा बसेको कुकुरले दर्शनगर्न आउनेलाई आशिर्वाद दिन्छ, सबैसंग हात मिलाउँछ, हेर्नुहोस् अचम्मको यो सत्कारी कुकुरलाई भिडियोमा

एजेन्सी । कुकुरलाई संसारमा सबैभन्दा विश्वासयोग्य जनावर मानिन्छ। यो कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन। तर के तपाईंले कहिले कुकुरले मानिसलाई आशिष्‌ दिएको देख्नु भएको छ ? सुन्दै अचम्म लाग्ने यो घटना भने सत्य हो ।

भारत महाराष्ट्रको सिद्धातेकस्थित सिद्धिविनायक मन्दिरमा कुकुरले आफ्नो हात हल्लाउँदै भक्तहरूलाई आशि इरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो सोशल मिडिया प्रयोगकर्ता अरुण लिमेडियाले फेसबुकमा सार्वजनिक गरेपछि भाइरल भएको हो ।

भाइरल भिडियोले स्पष्ट देखिन्छ कि कुकुर सिद्धिविनायक मन्दिरको प्रवेशद्वार बाहिर उच्च स्तम्भमा बसिरहेको छ। भक्तहरू मन्दिरबाट बाहिर आउने बित्तिकै कुकुरले अगाडीको खुट्टा उठाउँछ । मानिसले शिर निहुराएपछि आशि दिन्छ । कसैले हात अगाडी बढाए उसले पनि हात दिन्छ ।

मन्दिरवाट वाहिर आएका मानिसले कुकुरलाई देखेर हात उठाए यो देखेर, कुकुरले पनि आफ्नो हात मिलाए, हातमा एक पंजा दिएर उसलाई अभिवादन गरे।

कुकुरको अर्को भिडियो आएको छ जसमा एकजना मानिस मन्दिरबाट बाहिर आए र कुकुरको अगाडि झुके। कुकुरले आफ्नो इशारामा उनलाई इशारा गरेर आशीर्वाद दिएर जवाफ दिए।

यी दुई भिडियो क्लिपहरू फेसबुकमा साझा भएपछि, यो तुरून्त वायरल भयो। यो अहिलेसम्म १० लाख भन्दा बढी व्यक्तिले हेरिसकेका छन्। सोशल मिडिया प्रयोगकर्ताहरूले उक्त कुकुरप्रति आफ्नो प्रेम व्यक्त गरे र आशिष दिँदै त्यो कुकुर प्रति माया देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *