माता सीतालाई अपहरण गर्दा राखेर लागेको पुष्पक विमान कसले बनाएका थिए?

Uncategorized

लंकाका राजा रावणले चढ्ने दिव्य पुष्पक विमान कसले बनाएका थिए र कसरी रावणसँग आईपूग्यो भन्ने बारेमा विभिन्न धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ।

भारतबर्षका प्राचीन ग्रन्थहरुमा आजभन्दा लगभग दश हजार बर्ष पहिला विमानहरुको चर्चा गरिएको पाइन्छ। वाल्मिकी ऋषिद्धारा लेखिएको रामायणमा उल्लेख गरिए अनुसार पुष्पक विमान प्राचीनकालको सबैभन्दा पहिलो विमान थियो।

कसले बनाएका थिए पुष्पक विमान ?
पुष्पक विमान विश्वकर्मा भगवानले बनाएर ब्रम्हालाई उपहार दिएका थिए।ब्रम्हाले आफूसँग नराखी उक्त विमान कुवेरलाई दिए। पछि कुवेरलाई बन्दी बनाएर लंकाका राजा रावणले पुष्पक विमान लुटेर लगेका थिए।

पुष्पक विमानले आफ्नो मालिकले जे-कुरा मनमा विचार गर्थे त्यहि कुरा अनुसरण गर्थ्यो।

आफ्ना पति राम र देवर लक्ष्मण सँग बनबासमा रहेको बखत एकदिन राम र लक्ष्मण नभएको मौका पारेर रावणले माता सीतालाई अपहरणपछि पुष्पक विमानमा हालेर लंका पुराएका थिए।

युद्धमा रावणको बध गरेर लंका माथी विजय गरेपछि राजा राम पुष्पक विमानमा अयोध्या फर्केका थिए। अयोध्या फर्केपछि पूजा गरेर दिव्य पुष्पक विमान कुवेर लाई फिर्ता गरेका थिए। voiceofnepal बाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *