नेपाल टेलिकमको टावरतर्फ बढ्दै गएको आ’गो नियन्त्रण गर्दै सेना

समाचार

नेपाल टेलिकमको टावरतर्फ बढ्दै गएको आ’गो नियन्त्रण गर्दै सेना

काठमाडौं — मनाङको नासों गाउँपालिका-८ ताजे गाउँस्थित जंगलमा लागेको आ’गो नियन्त्रणका लागि नेपाली सेना खटिएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

रणदल गुल्मबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकायहरुसँगको सहकार्यमा उक्त जंगल नजिकै रहेको नेपाल टेलिकमको टावरतर्फ बढ्दै गएको आ’गो नियन्त्रण गर्न सफल भएको जनाएको छ । अधिकांस जमिन अप्ठेरो भएका कारण आ’गलागी पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको सेनाले जनाएको छ ।

मनाङमा मंसिर ११ देखि आ’गलागी भइरहेको छ । आ’गलागी भइरहेको ठाउँ हिउँ पर्ने र जम्ने ठाउँ हो । तर यस वर्ष हिउँ खासै परेको छैन । एक साताअघि भ्राताङदेखि माथिल्लो क्षेत्रमा मात्रै हिमपात भएको थियो । आ’गलागी भइरहेको ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्छ । एक्यापको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार आगलागी डरलाग्दो गरी फैलिएको छ ।

मर्स्याङ्दीको किनारदेखि पहाडको टुप्पोसम्म जंगल सखाप बनाएको छ । आ’गलागी फैलिएर ३ हजार ५ सय मिटर उचाइसम्म पुगेको छ । तर आ’गलागी भएको सबै ठाउँमा पुग्न भने नसकिएको बताउँछन् एक्याप लमजुङका प्रमुख लेखनाथ गौतम । ‘मनाङमा तापक्रम रातको समयमा माइनस छ । आगो निभाउन बेल्चा, गैंची, आ’गो निभाउने साधन, स्याउलालगायत प्रयोग गरिएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *