काठमाण्डौ । सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै भिडियो सामाग्री प्रशारण गर्ने भारतीय न्यूज च्यानल जी न्युजलाई नेपाली चर्चित पत्रकार रवि लामिछानेले गतिलो जवाफ दिएका छन् ।
जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको थियो । जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नु पर्ने समेत बताएका छन् । विभिन्न सञ्चारमाध्यममा यो खबर प्रमुख खबर बनेको छ । यसैसन्दर्भमा रहेर नेपाली चर्चित पत्रकार रवि लामिछानेले टिप्पणी गरेका छन् । सिधा कुरा जनतासगं सञ्चालक रवि लामिछानेले जी न्यूजलाई….जी च्यानल भनेका छन् ।
रविले लेखेका छन् …. बा`निङिदै थिए । लाज छोप्ने कपडाको टालो लिएर जी न्यूज वाला आयो । ४० मिनेट जति टालो ले लाज छोपे, उसले ल्याएको सुनपानी पनि छर्किए । तर ..जी न्यूजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथा फेदमा गएर भन्यो यी टालो यहाँ छ । बा फेरी नागैं
भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नु पर्ने समेत बताएका छन् ।
चौधरीका अनुसार राधानाथ सिकदरले पहिलो पटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ । चौधरी तिनै व्यक्ति हुन् जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर अन्तर्वार्ता दिएका थिए ।
यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाएका थिए ।
त्यसप्रति आफ्नो प्रतिक्रिया जनाउँदै उनले ट्वीटरमा लेखेका थिए, ‘नेपालले भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्यूज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’ तिनै विवादित जी न्यूजका प्रधानसम्पादक चौधरीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिएका थिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******