गफ फिट्ने दिन गए: प्रधानमन्त्री ओली

समाचार

गफ फिट्ने दिन गए: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गफ फिट्ने दिन गएको बताएका छन्।

केपी ओलीको लोकप्रियताको ग्राफ शुन्य भयो भन्नेहरूलाई चुनावमा जान उनले आग्रह गरेका छन्।

आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘गफ फिट्ने दिन गए। गफ फिटेर हुन्न, चुनावी मैदानमा अब आउनुस्।’

उनले कुरा फिटेरभन्दा पनि काममा तुलना गर्न आग्रह गरेका छन्। कुनै पनि सरकारलेभन्दा अहिलेको सरकारले धेरै काम गरेको ओलीको दावी थियो।

प्रधानमन्त्री ओलीले चुनावमा जान पनि आग्रह गरेका छन्। ‘निर्वाचन भन्नेवित्तिकै सातो किन गएको?,’ उनले प्रश्न गरे।

उनले नेकपाको अध्यक्ष कसलाई र किन छाड्ने भन्ने प्रश्न पनि गरेका छन्।

पाँच वर्ष सरकार चलाउन चाहे पनि त्यसमा समस्या देखिएपछि प्रतिनिधि सभा विघटन गरिएको उनको भनाइ छ।

उनले सरकार समर्थितहरूको प्रदर्शनको फोटो सञ्चार माध्यमहरूले नछापेको पनि बताए।

‘प्रयोजित सञ्चार माध्यमहरू प्रयोग गरेका छन्। वुद्धिजीविको झुण्ड प्रयोग गरेको छ। अस्थिरता नित्याउने प्रयास भइरहेको छ,’ उनले भने। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *