सुन पसलमा सुनको जलप लगाएको फलामको गहना राखेर ठगी

समाचार

काठमाडौं । थानकोटस्थित रिजन ज्वेलर्समा एकजना पुरुष गहना राखेर पैसा लिन आए । ०७७ असोज ६ मा रिजन ज्वेलर्सका सञ्चालक राजु सदाशंकरले सुन राखे, पैसा दिए । सुन डिपोजिट राखेर पैसा लिन खोज्ने धादिङ थाक्रे गाउँपालिका घर भएका राज सापकोटाले सुनको बिलसमेत देखाए । बिल सहितको सुन राखेर पैसा दिन रिजन ज्वेलर्सलाई समस्या थिएन ।

पुस १७ र २३ मा चन्द्रगिरी नगरपालिका–१२ स्थित गुर्जुधारामा पनि सो घटना दोहोरियो । गुर्जुधारा स्थित प्रकाश ज्वेलर्समा बिलसहितको ‘सुन’ राखेर राजले पैसा लिए । रिजन ज्वेलर्सबाट राजले ३ लाख नगद लिएका थिए । उनले राखेको सुन बैङ्कमा राख्नका लागी रिजन ज्वेलर्सका सञ्चालकले सो सुन पुनः जाँच गर्न खोजे । कोट्याउँदा सुनको जलप भित्र फलाम देखियो !

त्यसपछि, उनले प्रहरीलाई खबर गरेका हुन् । बिल देखाएर सुनको जलप लगाएको फलामका गहना राखेर ठगी गर्ने ३४ वर्षी राज सापकोटालाई महानगरीय अपराध महाशाखा र प्रहरी वृत थानकोटको टोलीले पक्राउ गरेको छ । रिजन र प्रकाश ज्वेलर्शबाट राजुले ४ लाख ६० हजार ठगी गरेको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले रातोपाटीलाई बताए ।

बुधवार पक्राउ परेका राजको साथबाट प्रहरीले ६ तोला सुनका गहना बरामद गरेको छ । ‘आपत् परेको’ बहाना बनाएर सुन पसलेसँग मिठो गफ गरेर ठग्ने राजलाई प्रहरीले ठगी मद्दा चलाउने तयारी गरेको छ । राजले श्री गणेश ज्वेलर्सको बिल राखेका थिए । सो बिलबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *