अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डु’बेर एक २३ वर्षका नेपाली विद्यार्थीको मृ’त्यु !

समाचार

अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डु’बेर एक २३ वर्षका नेपाली विद्यार्थीको मृ’त्यु !

अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृ- त्यु भएको छ।

सोमबार साँझ दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर मृ -त्यु भएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्।

उनको घर नेपालमा मोरङमा रहेको बताइएको छ। उनी डेढ वर्षअघि उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका थिए।

कचौरा जस्तो काठमाडौं विश्वकै प्रदुषित शहरको पहिलो नम्बरमा उक्लियो

सडक बत्ती जडान गर्दा गर्दै करेन्ट लागेर एकजनाको मृत्यु, एकजना घाइते

भक्तपुर। भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृ’त्यु भएको छ भने अर्का एक घा’इते भएका छन्।

 

घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घा’इते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौँ बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो।

भक्तपुर नगरपालिकामा सडक बत्ती जडान गर्न बोलपत्र पारेको टप्सन इनर्जी सानो भ¥र्याङ काठमाडौँको तर्फबाट काममा खटिएका कामदारले विद्युत्को सिमेन्टको पोलमा सडक बत्तीको मेटलको पोलसहितको बत्ती जडान गर्ने क्रममा पोलमै टाँगिएको नाङ्गो तारमा छुँदा करेन्ट लागेको उहाँले जानकारी दिनुभयो । दिउँसो करिब १ः३० बजे करेन्ट लागेर पोलबाट भुइँमा खसेका मोक्तानको भक्तपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको र पोलमै टाँसिएका बुढाथोकीको भने पोलमै मृ’त्यु भएको प्रहरीको भनाइ छ।

सडक बत्ती जडान गर्ने क्रममा विद्युत् लाइन का’ट्न नलगाउँदा र सावधानी नअपनाउँदा मजदूरको मृ’त्यु भएको र जोखिमयुक्त काममा पनि बीमा नहुँदा उनीहरु थप मारमा परेको अन्य मजदूरको गुनासो छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *