धुलिखेलमा पहिचान नखुलेको पुरुषको शव फेला

समाचार

धुलिखेलमा पहिचान नखुलेको पुरुषको शव फेला

काभ्रे : धुलिखेल नगरपालिका–८ ठकुरी गाउँको छेउमा करिब ३० वर्षीय पुरुषको शव फेला परेको छ। उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छन।

मृत पुरुष गहुँगोरो वर्ण, बाटुलो अनुहार, उचाई अन्दाजी ५ फिट, छोटो कालो कपाल, पातलो जुँगा र च्यापुमा पातलो दाह्री भएको, सेतोमा फिक्का खैरो रंगको रुखको पातको बुट्टा भएको हाफ भेष्ट, खैरो रंगको ट्राउजर लगाएको अवस्थामा भेटिएकाले उनीसँग हुलिया मिल्ने कोही हराएका भए जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको मोबाइल नम्बर ९८५१२३७३३९ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। thahakhabar

भिजिट भिषामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने पक्राउ

पुस २१,काठमाडौँ | भिजिट भिषामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन् | मंगलबार प्रहरीले काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मङ्गले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई पक्राउ गरेको हो |

उनले ३५ वर्षीय पुरुषलाई घरायसी कामको लागि दुबई लैजाने भन्दै ललाई फकाई राहदानी बनाउन लगाएर बैशाख २७ गते २०७३ मा एक जना अपरिचित व्यक्तिको साथमा काठमाडौंस्थित विमानस्थलभित्र पठाएका थिए |

प्रहरीका अनुसार राहदानी जाँच गर्ने क्रममा उनलाई घरायसी काममा नभई झुक्यानमा पारी भिजिट भिषामा लगेर दुबईमा बेचबिखन गर्न लागेको खुलेको हो | ती व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको छ |

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *