विवाह गर्ने तयारीमा मलाइका र अर्जुन   

मनोरञ्जन

काठमाडौं – बलिउडमा पछिल्लो समय अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूरबीचको प्रेम सम्बन्ध निकै चर्चामा छ । बलिउडका चर्चित जोडीमा पर्ने यी दुई अहिले विवाह गर्ने तयारीमा छन् ।

भारतिय मिडियाका अनुसार हालै यी दुवै गोवामा क्रिसमस मनाउन पुगेका थिए । उनीहरुसँग मलाईकासँग उनका छोरा अरहान र बहिनी अमृता अरोडा पनि थिए ।

सलमान खानका भाई अरबाज खानकी पूर्व पत्नी समेत रहेकी मलाइका  लामो समयदेखी अर्जुनसँगको प्रेमका कारण चर्चामा छिन् । मलाइका र अर्जुन सन् २०२१ भित्र विवाह गर्ने सोचमा पुगेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *