छोरासँग मोटरसाइकलमा स’वार रहेकी ५० बर्षीया आमालाई बाघले ल’ग्यो
काठमाडौं । बीच सडकबाट एक महिला बेपत्ता भएकी छिन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभार नजिक पाटे बाघले एक महिलालाई बेपत्ता पारेको हो । मोटरसाइकलमा सवार कैलालीको लम्किचुहा नगरपालिकाकी नन्दकला थापालाई बाघले झम्टेर बेपत्ता पारेको जनाइएको छ ।
शुक्रबार राति नेपालगन्जबाट कैलाली जाँदै गरेको आमा छोरा सवार मोटरसाइकलको पछाडी बसेकी थापालाई बाघले झम्टिएको जनाइएको छ । मोटरसाइकल चालक महिलाका छोरालाई सामान्य चोट लागेको छ । नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको छ ।
कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही होइन : शंकर पोखरेल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले लोडसेडिङको अन्त्य घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको दाबी गरेका हुन्।
उनले दुई सय ५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्य गरेको बताए। कुलमान घिसिङले विद्युत चुहावट मात्र नियन्त्रण गरेको उनको भनाई छ। मुख्यमन्त्री पोखरेलले लोड्सेडिङ अन्त्यको आधार प्रधानमन्त्री ओलीले तय गरेको दाबी गरे।