मध्यरात चिसोले रुदै लगलग काप्दै भेटीइन यी आमा,ओढ़ने केहि छैन,सहारा दिने कोही छैन,अबस्था यस्तो छ (भिडियो हेर्नुहोस)

भिडियो

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला, काठमाडौं, पुष ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङको नाम देशमा लोडशेडिङ अन्त्य गर्ने पर्यायवाची शब्द बनेको भान हुन्छ। केही महिनाअघि उनी सेवानिवृत्त हुनेबित्तिकै मानिसहरूले अब फेरि लोडशेडिङ हुने हो कि भनेर निकै चिन्ता सार्वजनिक गरेका थिए।

अहिले आएर बेलाबेला बत्ती जाने क्रम बढेको अनुभूति भइरहँदा मानिसहरूले फेरि उनकै नाम सम्झिन थालेका छन्। तर के अहिले बत्ती जानु र उनी प्राधिकरणमा नहुनुबीच कुनै साइनो छ? झ्याप्पझ्याप्प बत्ती गइरहेको विषयबारे कुलमान घिसिङको प्रतिक्रिया कस्तो होला त ?

‘नियतवश लोडशेडिङ होइन’

सर्वसाधारण उपभोक्तामा अहिले एउटा शङ्का देखिन्छ – कतै निश्चित स्वार्थ समूहको चलखेलबाट लोडशेडिङ गराएर पुरानै अन्धकार युगमा देशलाई फर्काउने कसरत भइरहेको त हैन? त्यही कसरतअन्तर्गत कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकारणमा निरन्तरता नदिइएको शङ्का गर्नेहरू पनि देखिन्छन्।

तर कुलमान घिसिङको विचारमा अहिले “नियतवश लोडशेडिङ गराउने योजना” ले बत्ती गएको भने हैन। “मैले पनि अनुभूति गरेको छु कि पटकपटक बिजुली गइरहेको छ। तर यसको पछाडि नियतवश लोडशेडिङ गराउने योजना भने होइन,” उनले बीबीसीलाई बताए।

त्यसोभए अहिले किन बत्ती पटकपटक गइरहेको होला त? घिसिङ भन्छन्, “यसका दुई-तीनवटा कारण हुनुपर्छ। एक त समस्याहरू निरन्तर आइरहन्छन् तर तिनको द्रुत गतिमा सम्बोधन भइरहनुपर्छ। अर्को माग र आपूर्तिबीच पनि निरन्तर सन्तुलन मिलाइराख्नुपर्छ।”

तर उनले ‘माग धेरै भएकाले तार पग्ल्यो वा के-के भयो’ भन्नेजस्ता समाचारमा सत्यता नभएको बताए। “माग बढेर समस्या आएको होइन। कतै ट्रान्सफर्मर वा कतै लाइनमा केही समस्या आइपरेको छ भने पहिले नै यस्तो होला भनेर द्रुत गतिमा त्यसलाई समाधान गर्नुपर्‍यो।

अनि आपूर्तिमा सन्तुलन छैन भने त्यो पनि गरिहाल्नुपर्‍यो,” उनको सुझाव छ। “समस्या आयो भने तत्काल त्यसको सम्बोधन गर्न उच्च व्यवस्थापननै लागिपर्नुपर्छ। प्राविधिक समस्या बेलाबेला आइरहन्छन् त्यसैले व्यवस्थापन चनाखो हुनुपर्छ।”

प्रणालीमा चाप कस्तो छ ?

नेपाल विद्युत् प्राधिकरणका वर्तमान कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अहिले लोडशेडिङ नभएको दोहोर्‍याउँछन्। “धान्न नसकेर लोडशेडिङ भएको कदापि होइन।

कतैकतै ‘फोर्स्ड लोडशेडिङ’ भएको भन्ने कुरा आएको छ, त्यो पनि होइन। अस्ति सोमवार बेलुकी चाहिँ ‘सिस्टम ट्रिप’ भएको (प्रणालीमा भार परेको) थियो। फेरि माग पनि केही बढेको छ। अनि ठाउँठाउँमा तार फेर्नुपर्ने भएकाले पनि मर्मतका लागि लाइन काट्नुपरेको छ,” शाक्यले भने।

तथ्याङ्क तुलना गर्ने हो यसपालि पोहोरपरारभन्दा धेरै बिजुली गएको नदेखिने उनको दाबी छ। “तर जनताको माझ भने लाइन बढी गयो भन्ने परेको छ। मलाई त्यो अलि बढी मनोवैज्ञानिकजस्तो पनि लाग्यो,” शाक्यले बताए।

यसपालि कोरोनाभाइरस महामारीका कारण अझै थुप्रै उद्योगधन्दा तथा होटलहरू पूर्ण सञ्चालनमा आएका छैनन्। त्यसैले तिनले गर्ने बिजुलीको माग पनि घटेको हुनुपर्ने हो। तर मागबारे फरकफरक धारणा देखिएका छन्।

“मलाई त यसपालि काठमाण्डूमा झन्डै ७० मेगावाट जति मागमा कमी आएको जस्तो लाग्छ,” कुलमान घिसिङले बताए। तर शाक्यको भनाइमा चाहिँ यो वर्ष पनि काठमाण्डूमा पोहोरकै हाराहारीमा माग कायम छ।

“पोहोर सबभन्दा उच्च माग भनेको ४०७ मेगावाट पुगेको थियो भने अहिले लगातार जस्तो ३९० मेगावाट पुगिरहेको छ,” उनले भने। त्यसले सबस्टेशनहरूलाई माग धान्न गाह्रो पर्ने गरेको र एउटाबाट अर्कोमा चाप सार्दा प्राविधिक समस्या आएकाले पनि कतैकतै बिजुली गइरहेको उनले बताए।

तराईमा चाहिँ पोहोरभन्दा झन्डै ८०-९० मेगावाट माग बढिरहेको र त्यसको मुख्य कारण चुहावट हुनसक्ने घिसिङ बताउँछन्। “उद्योगधन्दा विस्तार भएर माग बढेको त देखिँदैन। सायद चुहावट ५ प्रतिशत जति बढेको हुनसक्छ,” घिसिङले भने।

अहिले नेपालमा देशव्यापी उच्च माग करिब १,४६० मेगावाट पुग्ने गरेको बताइन्छ। नपुग माग धान्न भारतबाट पनि बिजुली आयात भइरहेकै छ। खासगरी हिउँदमा अप्ठ्यारो परे पनि गर्मी लागेपछि भने आन्तरिक आपूर्ति नै मनग्य पुग्ने शाक्य बताउँछन्।

त्यसमाथि ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको एउटा यूनिट चैततिर नै सञ्चालनमा आउन सक्ने र त्यसले प्रणालीमा ७६ मेगावाट थप्ने उनले बताए। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *