एक साता देखि पाथीभरा क्षेत्रको जंगलमा लागेको आगो नियन्त्रण बाहिर, मन्दिर परिसर मै आइपुग्यो (भिडियो)

भिडियो

एक साता देखि लागेको आगो नियन्त्रण बाहिर, मन्दिर परिसर मै आइपुग्यो (भिडियो)

विगत एक साता देखि पाथीभरा क्षेत्रको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिर आसपास मै आगो लागे पनि छिट्टै सल्किने झाडीलाई सफाई गरेको साथै अग्नि रेखा बनाएकाले पाथीभरा मन्दिर भने अहिले सम्म सुरक्षित रहेको छ।

आगो थप फैलन नदिनका लागि नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, पाथीभराका कर्मचारी र स्थानीयले प्रयास गरिरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताउनुभयो । अहिले फुङ्लिङ नगरपालिका वडा नं–११ फावाखोलामा पर्ने पाथीभरा सिम्बू सामुदायिक वन र सिरीजंगा गाउँपालिका वडा नं–३ सिकैँचाको सुनपाति सामुदायिक वनमा डढेलो फैलिएको छ।

बन क्षेत्रमा रहेको गुराँस तथा सल्ला जस्ता काँचै बल्न सक्ने प्रजातिका बिरुवा भएकोले डढेलो नियन्त्रणमा लिन झनै समस्या भएको स्थानीयको बुझाई छ । उच्च पहाड, सुख्खा क्षेत्र तथा पानीको समस्या रहेकोले बिकल्पको रुपमा पाथीभरा देवी मन्दिर संरक्षण तथा संर्वद्धन समितिको समन्वयमा हेलिकोप्टर प्रयोग गरी डढेलो नियन्त्रणमा लिने प्रयास समेत गरिएको थियो । तर आगो नियन्त्रणमा आउन सकेको छैन

अहिले आगो सल्किएर पाथिभरा मन्दिर परिसरमा आगो र धुवाको मुस्लो देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *