ओलीलाई धन्यवाद दिँदै प्रचण्डले भने, ‘तपाईं कल’ङ्कित भएर हामीलाई हिरो बनाइदिनुभयो’

समाचार

ओलीलाई धन्यवाद दिँदै प्रचण्डले भने, ‘तपाईं कल’ङ्कित भएर हामीलाई हिरो बनाइदिनुभयो’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन राजा ज्ञानेन्द्र शाहपछि केपी ओलीले आफूहरूलाई ‘हिरो’ बन्ने अवसर जुराइदिएको बताएका छन् । काठमाडौं पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओली आफूले कलङ्कको टीका लगाएर आफूहरूलाई जनतामा जाने अवसर सिर्जना गरिदिएको टिप्पणी गरेका हुन् ।

‘ओलीजीलाई धन्यवाद, तपाईं आफूले कलङ्कको टीका लगाएर जनतामा जाने मुद्दा दिनुभयो, नारा दिनुभयो’, प्रचण्डले भने, ‘हामीलाई संविधान, संघीयता, गणतन्त्र, समावेशिता, जनताको पक्षमा र प्रतिगमनका विरुद्ध लडाइँ लड्ने मुद्दा दिनुभयो ।’

उनले तत्कालीन राजा ज्ञानेन्द्रले यस्तै अवसर दिएकै कारण आफूहरूले जनताको मन जित्न सकेको स्मरण गरे । shilapatra

प्रचण्ड एमालेसंग मिल्न हाेइन, निल्न आएका थिए, निलेर गए – वामदेव

 

काठमाडाैं । औपचारिक फुटेको मिति पर्खाइमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उपाध्यक्ष रहेका बामदेव गौतमले तत्काल केपी ओली र प्रचण्ड – माधव नेतृत्वको टिममा नरहने बताएका छ्न ।

गौतमले हाल कुनैपनि टिममा नरहने मनशाय व्यक्त गर्दै भविस्यमा भने केपी ओली संगै राजनीतिक सहकार्य हुनसक्ने संकेत गरेका छ्न । यसका लागि उनले चार सर्त अघि सारेका छ्न । गौतमको पहिलो सर्त विकाश प्राधिकरणको गठन रहेको छ ।

सर्त : एक

प्रधानमन्त्री केपी ओलीसंग मिल्न दबाब दिन भैंसेपाटी पुगेका नेकपामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने करिब दुइ दर्जन केन्द्रीय सदश्यहरुको आग्रहमा गौतमले भने – ”ओलीले अधिकार सम्पन्न विकास प्राधिकरण गठन गरेर त्यसको नेतृत्व मलाई दिएमा तत्काल ओलीसंग कुरा मिल्न सक्छ ।”

२०७४ को आम निर्वाचनमा बर्दियाबाट चुनाव हारेपछि राज्यसत्ताबाट भूमिकाविहीन भएका बामदेवले विगतदेखि नै आफ्नो नेतृत्व हुनेगरी विकास प्राधिकरण गठनको कुरा उठाउदै आएका छ्न । विभाजित संरचनाले मात्रै विकास गर्न नसक्ने तर्क गर्दै उनले विकास निर्माणका सबै सरोकारी साझेदारहरुलाई आफूले सोचेको प्राधिकरणले नेतृत्व प्रदान गर्ने बताए । “प्राधिकरण गठनको एक महिनामै म देखाई दिन्छु विकास भनेको के हो ” गौतमले भने । तर अर्थमन्त्रीले हस्तक्षेप गर्न नपाइने आफ्नाे सर्त रहेको बताए ।

सर्त : दुई

बामदेवको दोस्रो सर्त चुनावी मोर्चा बनाउने रहेको छ । आगामी निर्वाचनमा दुई कम्युनिस्ट पार्टी अलग अलग चुनाव लडेमा दुबैको पत्तासाफ हुने उनको प्रक्षेपण छ । त्यसकारण संयुक्त मोर्चा बनाएर चुनाव लडनु पर्ने हुँदा मोर्चा बनाउन केपी ओली सहमत हुनुपर्छ । अब यी दुई पार्टी एक हुन सक्तैनन् । यिनीहरु पेरिसडाँडा र धुम्बाराही अलग अलग बसुन । तर चुनावका लागि मोर्चा बनाऔं । एक सचिवालय बनाऔं। यो कामको पहल गर्ने जिम्मा दिन सहमत भए ओलीलाई सहयोग गर्न आफू तयार रहेको गौतमको भनाई छ ।

सर्त : तीन

पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न सहमत भए प्रधानमन्त्री केपी ओलीसंग सहकार्य हुनसक्ने गौतमले संकेत गरेका छ्न । ओली निकट सुदूरपश्चिमका केन्द्रीय सदस्यहरुसंग गौतमले भने – ”अबको पार्टीमा केपी ओली, ईश्वर पोखरेल र बामदेव सल्लाकार मात्र बस्ने निर्णय गर्न सकेमा मेरो ओलीसंग कुरा मिल्न सक्छ ।”

सर्त : चार

बामदेवको सर्त नम्बर ४ तत्कालीन नेकपा एमालेको राजनीतिक कार्यक्रम र सिद्धान्त “जनताको बहुदललीय जनवाद”संग सम्बन्धित छ । ओलीले जबज नबुझेको गौतमको आरोप छ । उनले जबज बुझेका भए माधव नेपाल लगायतका कमरेडहरुले प्रधानमन्त्री केपी ओलीको साथ छोडने थिएनन् । जबजवाला र जनयुद्धवालाको मिलन हुने थिएन ।

प्रचण्ड – माधवको मिलन अस्थायी हो । राजनीति विचारधाराले जोड्ने हो । हिंसात्मक धारबाट विकसित भएको माओवाद र शान्तिपूर्ण धारबाट विकसित जबजबीच कहिल्यै एकता हुन सक्तैन । प्रचण्ड एमालेसंग मिल्न आएका थिएनन । उनी निल्न आएका थिए । निलेर गए ।

अहिले ६० जिल्लामा उनको बहुमत छ । हाललाई जबज मान्ने कमरेडहरु प्रचण्डतिर लागेपनि यो अस्थायी भएको गौतमको भविष्यवाणी छ । जबज मान्नेहरु सबै एकठाँउमा आउने गौतमको विश्वास छ । एक एक गरी प्रचण्डसंग छुट्टिएर आउने छ्न । अन्तिममा माधव नेपालले प्रचण्डको साथ छाड्ने छन । जबजको सही ब्याख्या र यसको प्रयोग गर्ने इच्छाशक्ति देखाए भने मात्र ओलीसंग सहकार्य हुनसक्ने गौतमको भनाई रहेकाे भेटघाटमा संलग्न एक केन्द्रीय सदस्यले साँघुलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *