संसद विघटनविरुद्ध प्रधानमन्त्रीको तस्बिर कुकुरको घाँटीमा राखेर प्रदर्शन

समाचार

संसद विघटनविरुद्ध दोलखामा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरको घाँटीमा राखेर प्रदर्शन गरिएको छ । चरिकोट बजारमा शनिबार यसरी प्रदर्शन गरिएको केहीबेरमै प्रदर्शनकारीबाट प्रहरीले कुकुर र तस्बिर खोसेका थिए । हाल नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध देशभर विरोध कार्यक्रम जारी राखेका छन् । शनिबार कुकुरको गलामा प्रधानमन्त्रीको तस्बिर राखिएर प्रदर्शन गरिएको विषयमा भने सामाजिक सन्जालमा चर्को विरोध भएको छ । मानिसहरुले पशु अधिकारको हनन् भएको भन्दै यस कार्यको आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *