वामदेवलाई प्रचण्डको आग्रह– हाम्रो समूहमा आउनुस्, वामदेवले दिए यस्तो जवाफ

समाचार

काठमाडौं। प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटमा वामदेवलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरेका छन्। वामदेवले भने आफू नेकपा एकीकरणको पक्षमा रहेको बताएका छन् । उनले आफू नेकपा एकीकरणको प्रयासमा रहेको बताएका वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए। नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भएर आ–आफ्नै पार्टी कमिटी गठन गरे पनि वामदेव भने अहिलेसम्म कुनै पनि समूहमा छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *