ओलीलाई नेपालको काउन्टर जवाफ : कसैको प्रालिको सम्पत्ति हामी लिँदैनौ, पार्टीको सम्पत्ति हाम्रै हो

Uncategorized

ओलीलाई नेपालको काउन्टर जवाफ : कसैको प्रालिको सम्पत्ति हामी लिँदैनौ, पार्टीको सम्पत्ति हाम्रै हो

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सम्पत्ति आफ्नो समूहको रहेको दाबी गरेका छन् । शुक्रबार केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता नेपालले कसैको प्रालिको सम्पत्ति नलिने तर पार्टीको सम्पत्ति आफ्नो समूहको हुने बताएका हुन् । ‘कसैको प्रालिको सम्पत्ति हामी लिदैनौँ । नेकपाको सम्पत्ति हाम्रो हो,’ नेता नेपालले भने ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले केही दिनअघि एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै पेरिसडाँडाबाहेक सबैमा आफ्नो दाबी गरेका थिए । ओलीले नेता नेपाल प्रचण्डको पछि लागेकाले सम्पत्ति दिन नसक्ने बताएका थिए । शिलापत्र

केपी ओली गणतन्त्र विरोधी मान्छे हो : माधवकुमार नेपाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष नेपालले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका हुन् ।

‘केपी ओलीलाई गणतन्त्र विरोधी मान्छे हो’, अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले अब एकताबद्ध भएर विगतका कमिकमजोरीलाई सच्याएर अगाडि बढ्ने बताए । देशलाई न्याय, समाजलाई न्याय र पार्टीलाई पनि न्याय दिएर अगाडि बढ्ने उनको भनाइ छ ।

पार्टीको सम्पत्तिका विषयमा पत्रकारले गरेको प्रश्नको जवाफ दिने क्रममा उनले आधिकारिक आफूहरु भएको बताए । ‘आधिकारिक पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो’, नेता नेपालले भने, ‘नेकपाको नाममा भएका पार्टी कार्यालय, सम्पत्ति नेकपाकै हुनेछ । हाम्रो हुनेछ । जहाँसम्म कसैका निजी सम्पत्ति छन् भने हाम्रो हुँदैन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *