गृहमन्त्री थापा झुक्किएर ओली पक्षमा पुग्नुभयो, फर्केर हामीतिरै आउनुहुन्छ : प्रचण्ड

समाचार

गृहमन्त्री थापा झुक्किएर ओली पक्षमा पुग्नुभयो, फर्केर हामीतिरै आउनुहुन्छ : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री थापा रामबहादुर थापा झुक्किएर नेकपाको अर्को पक्षमा पुगेको बताएका छन्। ‘उहाँ (थापा) झुक्किएर उता पुगेको देखिन्छ, फर्केर हामीतिरै आउनुहुन्छ भन्ने विश्वास छ,’ प्रचण्डले शुक्रबार बबरमहल कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलनमा भने, ‘भाषण सुन्दा पनि उहाँले पहिले यता आएर बोल्नका लागि तयार गरेको भाषण जस्तो लाग्यो, झुक्किएर उता पुगेर भाषण गर्न पुग्नुभो त्यसैले फर्कनुहुन्छ।’ भिडियो हेर्न तल क्लिक गर्नुहोला

पुस १४ गते काठमाडौंमा लाखौंको प्रदर्शन, आफ्नो पक्षले चुनेको प्रधानमन्त्री नबनाएसम्म सडक छाड्दैनौं : योगेश भट्टराई

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले सो पार्टीले पुस १४ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने बताएका छन्। उनले संसद पुनस्र्थापना नहुँदासम्म र बालुवाटारमा आफ्नो पक्षले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नछाड्ने बताएका छन्। उनले शुक्रबार प्रचण्ड–नेपाल पक्षका नेताहरु कान्तिपथस्थित निर्वाचन आयोग जानुअघि आयोग बाहिर जम्मा भएका प्रदर्शनकारीलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।

‘अब छिट्टै नै प्रधानमन्त्री हाम्रो हुँदैछ। प्रतिनिधि सभा पुनस्र्थापना हुँदैछ,’ उनले भने, ‘अब यो आन्दोलन देशव्यापी अगाडि बढ्नेछ। पुस १४ गते काठमाडौंमा विशाल प्रदर्शन गरिनेछ र सो दिन लाखौं मानिसको जनप्रदर्शन गर्दैछौं। सबै ७७ जिल्लामा यो प्रदर्शन हुनेछ।’ उनले १४ गतेको विशाल प्रदर्शनका लागि सबै तयारी गर्न आह्वान गरेका थिए। भिडियो हेर्न तल क्लिक गर्नुहोला

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *