प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर

समाचार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूहको केन्द्रीय कमिटीको तेस्रो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले पार्टी विधान संशोधन गर्दै प्रचण्ड लाई दिईएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर गरेको हो । सोही बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई प्रदेश संयोजक तोकेको छ । बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी टोपबहादुर रायमाझीलाई दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *