मिनासँग बस्न सुरु गरेको ८ महिनामा नै छोरी मनोजसँगै घर फर्किएकी थिइन्, मनोजले पहिलो पटक खोले रहस्य

समाचार

काठमाडौं – हास्य कलाकार मनोज गजुरेल र मिना ढकाल कानूनी रुपमा अलग बसेको ३ बर्ष भएको छ । हालै मनोजको बिहेको कुरा सार्वजनिक भएको छ । यस पछि मिना ढकालले बिभिन्न आरोपहरु लगाएर मनोजप्रति सामाजिक सञ्जालमा खनिएकी छिन् ।

यस्तो देखेपछि मनोजले पहिलो पटक मिनाको बारेमा बोलेका छन् । उनले फेसबुकमा एक लामो स्टाटस लेखेका छन् । जसमा बुँदागत रुपमा आफ्ना कुराहरु राखेका छन् । यसअघि मनोज मिनाका बारेमा मौन रहँदै आएका थिए ।

मनोज फेसबुकमा लेख्छन्, ‘प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गा’ली बे’ईज्ज’ती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ । तर, यो गा’ली बे’ई’ज्ज’ती, अनावस्यक त’नावको श्रृँखलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बा’ध्य भएर केही प्रष्टिकरण गर्न भएको छु ।

२. सकिएकाे सम्बन्धकाे अाधारहिन अाराेप र प्रत्याराेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो असर गर्न थालेकाे महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन अाबश्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य भएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेकोछु ।

३. अंश सहित आफुसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा उनिहरुका फोटोको दुरुपयोगले मेरा सन्तान पढाइ र जीवन आ’घात परिरहेको छ ।


४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- मेरो नाम, फोटो र प्रसङ्ग जाेडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुनलाई मनन गर्नोस् भन्ने अनुरोध गर्दछु जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।

५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे अाग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद

अोएसनेपालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *