६ वटा खुट्टा भएको बाख्राको पाठो जन्मियो ! भगवानको अवतार भन्दै पुजा गर्दै गाउँले

समाज

६ वटा खुट्टा भएको बाख्राको पाठो जन्मियो ! भगवानको अवतार भन्दै पुजा गर्दै गाउँले

पाल्पा रिब्दिकोट गाउँपालिका वडा नं ५ कुसुमखोला नैटोलको कुसुम ग्रामीण युवा कृषि फर्म तथा होमस्टेमा माउ बाख्राले ६ वटा खुट्टा भएको पाठो जन्माएको छ । श्रावण ११ गते दिउँसो खरबारीमा चर्न गएको समयमा उक्त ६ खुट्टे पाठो जन्मिएको हो ।

माउ बाख्राले पाठोसँगै अर्को एक मरेकै अवस्थाको पाठी समेत जन्माएको थियो । मृ’त अवस्थामा जन्मेको पाठी अस्वभाविक रुपको रहेको र ६ खुट्टे पाठो भने उभिने, हिडने गरेको फर्म सञ्चालक समितिका अध्यक्ष सुरेश ढकालले बताउनु भयो ।

प्राबिधिक कारणले अथवा बायालोजिकल डिस्अडर्ले गर्दा उक्त जन्म भएको हुनसक्ने भएतापनि यस्तो अचम्म अझ भनौ बिल्कुलै चमत्कार रुपमा ६ खुट्टासहित जन्मिएको यो पाठो ,एक साधारण पाठो मात्रै नभई स्वयम् भगवानकै अवतार भएको त्यहाका गाउँ बासिन्दाहरु मान्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *