श्वेताकी जेठानी दिदी पनि निकै हट छिन्, श्वेताकी सासुले दुवै बुहारीलाई मेरा रानीजस्ता छोरी भनेपछि दुवै मक्ख (हेर्नुहोस् भिडियो)

भिडियो

काठमाडौं । नायिका श्वेता खड्का परिवारका सबै सदस्यहरु सहित पहिलो पटक मिडिया देखा परेकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् । श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् ।

सो अवसरमा श्वेताका ससु्राले श्वतेतालाई बुहारीको रुपमा स्विकार्न पाउँदा आँफुहरुको छाती पनि चौडा भएको बताए । त्यस्तै श्वेताका जेठाजु दिपेन सिंह रावतले श्वेतालाई बुहारीको रुपमा स्विकार्न पाउँदा निकै खुशी लागेको बताए ।

त्यस्तै श्वेताका पति विजयेन्द्र सिंह रावतले आँफुले श्वेतालाई प्रस्ताव राखेको र श्वेताले आफ्नो परिवारको नाम अझै उज्जल बनाउन भूमिका खेलेको बताए । खुशी आँफुले नदिई श्वेताले दिएको तर आँफुले श्वेतालाई मन पराएर साथ दिएको विजयेन्द्रले बताए । विजयेन्द्रले आँफुहरुले पछिल्लो २ महिनादेखि लुकेर डेटिगं गरिरहेको समेत उक्त अन्तरवार्तामा बताएका छन् । उक्त अन्तरवार्तामा श्वेताकी जेठानी दिदी सुजताले पनि रावत परिवार निकै शान्त, सभ्य र ब्यबस्थित बनेको बताइन् । श्वेताकी सासुले सुजातालाई हुनेवाला जेठी बुहारी भनेर परिचय गराइन् । सुजाताले औपचारिक रुपमा विबाह नगरेको भएतापनि परिवारले भने स्विकारिसकेको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *