आयो घरबेटी र भाडामा बस्नेको होस उडाउने कानुन के–के छ प्रावधान ?

Uncategorized

काठमाडौ । मुलुकी ऐनमा भएका पुराना कानुनी प्रावधानलाई समय अनुसार परिवर्तन गर्दै संसदले पारित गरेको मुलुकी देवानी संहिता ऐन, २०७४ ले अन्तरगत पारित भएको घर बहाल कानुनले धेरैजसो घरभाडामा लगाउने घरधनी र भाडामा बस्नेको को होस उडाउने भएको छ । सो कानुनमा घरधनी र बहालमा बस्नेले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । ऐनको व्यवस्था अनुसार २० हजार भन्दा बढीमा घर बहालमा दिँदा लिखित सम्झौता गर्नुपर्नेछ ।

त्यसैगरी कानुनमा बहालमा बस्नेलाई घरधनीले हैरानी र अशान्ति गराउन पाउने छैन । घरबहाल अवधि पाँच वर्ष नबढाई सम्झौतामा उल्लेख गर्नुपर्नेछ । त्यसैगरी १८ वर्ष उमेरसम्मका बालबालिकालाई नाबालक मान्ने व्यवस्था गरिएको छ । यसअघि १६ वर्षमुनिकालाई नाबालक मानिन्थ्यो । १४ वर्ष माथिकालाई घरेलु सहायकका रुपमा काम लगाउन पाइनेछ । त्यसैगरी धनी व्यक्तिका आफ्ना छोराछोरी भए पनि धर्मपुत्र र धर्मपुत्री राख्न पाउनेछन् भने गरिब व्यक्तिले धर्मपुत्र–धर्मपुत्री राख्न पाउने छैनन् ।

Janabolinews बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *