केही दिन अघि एक अन्तरवार्ताका क्रममा नायीका पुजा शर्मालाई अनावश्यक टिप्पणी गरेका कारण विवादमा आएका संचारकर्मी प्रकाश सुवेदी फेरी विवादित भएका छन् । उनले संचालन गर्ने कार्यक्रममा उनले कलाकारलाई लिएर गर्ने तिखो टिप्पणीले उनी बारम्बार विवादित हुने गरेका छन् ।
कार्यक्रम रजतपटमा नायीका पुजा शर्मालाई शारिरीक बनावट प्रति ब्यग्यं गर्दै उनले गरेको टिप्पणी निकै विवादित भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका थिए । त्यो घटना सेलाउन नपाउँदै उनले फेरी अर्की नायीका स्वस्तिमा खड्का प्रति ब्यंग्य गरेका छन् ।
आफुले कार्यक्रममा अन्तरवार्ताका लागि बोलाउँदा नआएपछि उनले कार्यक्रम मार्फत ति नायीका प्रति टिप्पणी गर्ने गरेका छन् । नायीका स्वस्तिमालाई कार्यक्रममा अन्तरवार्ताका लागि बोलाउँदा नआएपछि उनले स्वस्तिमालाई काम नपाएकी नायीका आफ्नो बुढो बोक्यो हिड्यो भन्दै टिप्पणी गरेका थिए ।
नायिकाले लकडाउनका समयमा आफ्ना श्रीमान निश्चल बस्नेतलाई पिठ्युमा बोकेर हिडेको एउटा सानो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । सोही भिडियोको अंश आफ्नो कार्यक्रममा राखेर प्रकाशले यस्तो टिप्पणी गरेका हुन् ।
प्रकाशले कार्यक्रममै यस्तो टिप्पणी गरेपछि स्वस्तिमाले पनि त्यसको जवाफ फर्काएकी छन् । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत प्रकाशलाई गतिलो जवाफ दिएकी छन् । उनले फेसवुकमा लेखेकी छन्, बरु बुढो बोकेर हिडिन्छ तर तिम्रो कार्यक्रममा अन्तरवार्ता दिन आइन्न ।
उनको यो भनाईमा उनका पति निश्चलले पनि कमेन्ट गरेका छन् । बरु बुढो बोकेर हिडिन्छ तिम्रो कार्यक्रममा अन्तरवार्ता दिन आइन्न भन्छिन् नी मेरी बुढी भन्दै लेखेका छन् ।